Search

मेरो लेखन यात्रा

मेरो लेखन यात्रा

जति मुख चल्छ त्यो भन्दा बढी कलम चल्ने मानिस

प्रा. डा. श्याम जोशी
वि.सं. २०५१ सालमा दोलखाली प्रतिभाहरुको परिचय दिने पुस्तक “दोलखा दर्पण” बिमोचन कार्यक्रम सकिय पछि नेपाल् बार एशोसिएसनको प्राङ्गणमा मलाई उक्त पुस्तकका सम्पादक प्रा. डा. सुधा त्रिपाठी (जो पछि त्रि. बि .का शिक्षाध्यक्ष समेत भए) ले आफ्नो गल्ती स्विकार्दै भन्नू भएको थियो – हामिहरुबाट गम्भीर गल्ती हुन गयो; हामी लाई सरको बारेमा कसैले सूचना दिएनन् । विभिन्न बिधामा योगदान गरेका जिल्लाका प्रतिभाहरुको परिचय दिइएको उक्त पुस्तकमा साहित्य तिर जिन्दगीमा १÷२ रचना भएकाहरुको पनि साहित्यकारको रुपमा नाम दर्ता थियो ।

मेरो त त्यहा नामनिसान सम्म पनि थिएन । मलाई स्वभाविक रुपमा अलि दुख लागेको थियो । मलाई त कसैले खबर समेत गरेका थिएनन यद्यपि दोलखा बजारकै पनि केहीको त्यहा नाम थियो । यहि कुरा मैले स–प्रमाण आफ्नो भाषणको क्रममा गुनासो गरेको थिए । त्यो घटना बाट रन्थनियेर मैले द्वाल्खा गूठीको स्मारिकामा मेरो लेखन यात्रा शीर्षकको लेख मार्फत साहित्यमा आफ्नो योगदान बारे प्रकाश पारेको थिए । गत बर्ष मुम्बई देखि साहित्यकार अमर प्रधानले तारनतार मलाई सम्पर्क गर्न खोजीरहेका रहेछ्न । आखिर किन रहेछ भनेर फोन गर्दा उन्ले भने –प्रज्ञा प्रतिस्ठानले लेखकहरुको परिचय प्रकाशित गर्दै छ एकपटक सम्पर्क गर्नुस ।

मन त थिएन तर अमरले आफ्नो भलो चाहेर भनेको किन अल्छी मान्नु भनेर प्रज्ञा प्रतिस्ठानमा बिष्णु प्रभातजी लाई फोने गरेर सिधै भने– मेरो प्रकाशित साहित्यिक रचनाहरु त धेरै छ्न तर पुस्तकको रुपमा त केवल अर्थशास्त्रका मात्र छन । उहाँले आर्थिक साहित्यका पुस्तक भएनी हुन्छ भन्नू भयो । मेरो जिबनगाथा हात परि सकेपछि भने उहाँले सरको अर्थशास्त्रका मात्र पुस्तक रहेछन, साहित्यको पुस्तक पनि छाप्नु पर्यो भन्नू भयो । मैले धेरै लेखें तर लेखकमा दरिन पुस्तक प्रकाशन गर्नु पर्छ भन्ने चै कहिले पनि दिमागमा फुरेन । आखिर मैले कतै दरिने सोच राखेर लेखीराखेको पनि थिइंन । तर उपरोक्त दुई घटनाले पुस्तक त चाहिँदो रहेछ भन्ने लागेर आयो तर अहिले पछुतो मानेर के अर्थ ?

मैले वि.सं. २०२६ सालमा नेपाल ईन्जिनियरिङ ईन्स्टिच्युटको मुखपत्र; निर्माणमा; उनी के हुने होलिन ?, कथा प्रकाशन गरेर आफ्नो लेखन यात्रा आरम्भ गरेको भए पनि ईन्जिनियरिङ ईन्स्टिच्युट बाट नै वि.सं.२०२५ सालमा आयोजना गरेको साहित्यिक प्रतियोगितामा सोहि कथाका लागि तृतीय पुरस्कार प्राप्त गरेको थिए । वि.सं. २०२६ सालमा नै नयाँ सन्देश साप्ताहिकमा म केवल एक पतित र आँखा सामयिक सङ्कलनमा;आँसुः उकुसमुकुस जिन्दगीका; प्रकाशित भएका थिए । त्यसपछि आँखा र नयाँ सन्देशमा नियमित जस्तै मेरा कथाहरू प्रकाशित हुन थालेका थिए । २०२७ सालमा साहित्यिक मित्रहरू मोहन घिमिरे तथा खिलध्वज थापाले चीत्कार सामयिक संकलन प्रकाशित गर्न थाले पछि त उक्त पत्रीकामा नियमित कथा प्रकाशित गर्न थालेको थिए ।

नयाँ सन्देश, मातृभूमि, गतिविधि जस्ता उस्बेलाका प्रख्यात साप्ताहिक पत्रीकाका अतिरिक सामयिक सङ्कलन र मासिक पत्रीकाहरु आँखा, चीत्कार, प्रकाशपिन्ड, सिमृक, रत्नश्री, सांग्रिला, आँखा (जनकपुर), सरस्वती, नयाँ किरण आदिमा मेरा धेरै कथाहरू प्रकाशित भएका थिए । वि.सं.२०३४ जेष्ठमा दि राइजिङ नेपालमा; द अटेक्स; शीर्षकको अङ्ग्रेजीमा पनि कथा प्रकाशित भएको थियो ।

मलाई सम्झना भए अनुसार उस्बेला मेरा समकालीन युबा साहित्यकारहरु थिय–खिलध्वज थापा, मोहन घिमिरे, तोया गुरुङ (पछि प्राज्ञ भएका) मोहन सम्सेर थापा, सन्तोस पौडेल, ओम मणि शर्मा, निरोध पान्डे, अनिता तुलाधर, बेटि देबी शाक्य, किसोर झुत्रे आदि । शुरुमा मैले पनि उस बेलाको लहर अनुसार; बिछोड; उपनाम राखेर अर्थात श्याम “बिछोड” को नाममा लेखरचना लेख्ने गरेको थिए ।

त्यसपछि त मलाई लेखनको लत लाग्न थाल्यो । उठ्दा, बस्दा, सुत्दा अब के रचना गर्ने भन्ने नै मनमा खेल्न थालेको थियो । मैले कथा, कबित्ता, नाटक, उपन्यास, यात्रा संस्मरण, समालोचना लेखेको भए पनि कथामा आफू लाई केन्द्रित गरेको थिए ं। वि.सं. २०२८ सालमा; तिरस्कार; उपन्यास लेखें र प्रकाशनको लागि खिलध्वज थापाजीले मन्तव्य समेत लेखी दिनु भयेको थियो, तर त्यतिकै थन्कियो । नाटक तिर वि.सं. २०४७ सालमा आँखामा; मुकुन्डो भित्रको अनुहार; प्रकाशित गर्नुको अतिरिक्त वि.सं. २०२६ मा छाँया, वि.सं. २०२८ मा लगन, वि.सं. २०३० मा मिसामी र वि.सं. २०३८ मा; बदलिँदो परिस्थिति; लेखेको थिएं जुन नाटकहरु दोलखामा मन्चन गरिएका थिए ।

तर प्रकाशित गर्ने जमर्को गरिन । दोलखा नेवारी भाषामा लेखिएको “मिसामी” नाटक त एतिहासिक नै भयेकोले अहिले पनि प्रकाशन गर्न अमरकुमार प्रधान तथा प्रा. डा. हरिदर्शन श्रेष्ठले बारम्बार अनुरोध गरि राख्नु भएको छ आफुले पनि आबस्यक सहयोग गर्ने बाचा सहित । सभा सम्मेलन आदिमा सुनाउन कविता सजिलो र रोचक हुन्छ । तर कवितामा मलाई त्यति रुचि भएन । कविता लेख्न मलाई सधैं असजिलो महशुस भएकोले मैले थोरै मात्र कबिता लेखेको छु । मेरा केही कविता सिमृक (२०२७), आँखा (२०२५), सुसेली (२०३० भाद्र), प्रेरणा (२०३० चैत्र) पत्रीकामा प्रकाशित भएका थिए । साहित्यिक लेख निबन्ध आदि त थुप्रै प्रकाशित भएका छ्न।

मेरा लेख, निबन्ध र समालोचना गोरखापत्र, द राइजिङ नेपाल्, चीत्कार, आँखा, नौलो नेपाली, निर्झर, र नेपाल भाषाका सझ्याः, सहलह, देगः जस्ता पत्रीकाहरुमा प्रकाशित भएका थिए । केही लेख रेडियो नेपालको नारी कार्यक्रममा वि.सं. २०३३/ ३४ तिर प्रसारण भएका थिए । जस्मा रु ५० पारिश्रमिक प्राप्त हुन्थ्यो । त्यसबेला गोरखापत्र तथा द राइजिङ नेपालमा नियमित जस्तो मेरो लेख प्रकाशित हुन्थ्यो । पब्लिक कमर्स क्याम्पसका संस्थापक र नेपालमा बाणिज्य शिक्षाको प्रबर्तक स्व. प्रा. गोपालमान श्रेष्ठले मेरो लेखन बाट प्रभावित भएर अरुलाई जति मुख चल्छ त्यो भन्दा बढी कलम चल्ने मानिस; भनेर मेरो परिचय गरि दिनु हुन्त्थ्यो ।

त्यस्तै स्व. प्रा. बिन्दु गोविन्द श्रेष्ठ मलाई versatile and prolific लेखक भन्नूहुन्थ्यो । यी बिशेषणहरुले मलाई लेख्नका लागि थप प्रेरणा दिएको थियो ।२०५४ सालमा ब्याबसाइक बित्तसास्त्रू; पुस्तक मैले २०५४ सालमै स्वर्गिय हुनु भएका गोपालमान सरलाई नै समर्पण गरेर प्रकाशित गरेको थिए। नियमित जस्तो; श्याम बिछोड, दोलखाू; नाममा कथा प्रकाशित भएको देखेर एकदिन कुरै कुरामा मित्र – दाजु स्व, चन्दराज ढुङ्गेलले आस्चर्य मान्दै भनेका थिए – ए त्यो तिमी हो ? दुई यात्रा संस्मरण र साहित्यकार जर्ज स्यान्ड र कार्ल स्यान्ड्बर्गका जिबनी गोरखापत्र र मधुपर्कमा २०३२/३३/३४ मा प्रकाशित भएका थिए । आर्थिक लेखन तिरको यात्रा २०३० जेष्ठमा नेपाल बैंक पत्रिका मासिकमा; पुजि निर्माणका केही बाधाहरु; लेख प्रकाशित गरेर आरम्भ गरेको थिए ।

उसबेला नेपाल बैंक पत्रीकाका सम्पादक मेरो दाजुका साथी चिरिन्जिबी दत्त पान्डे थिए । उनैले मलाई आर्थिक लेख लेख्न प्रेरित गरेका थिए। मैले एम.ए अर्थशास्त्र पढिरहेको थाहा पाएर खुसी हुँदै भनेका थिए – श्याम, यसो फुर्सदमा लेख लेखेर देउ, पारिश्रमिक पनि आउँछ । त्यसपछि मुड चलेकी लेख लेखेर दिन थाले । उहाँ पछि पनि मेरा साहित्यिक मित्रहरू तोया गुरुङ तथा ओममणि शर्मा नै सम्पादक भएर आउनु भएकोले उहाँहरूले मलाई छोडनु भएन । त्यसैले यो पत्रीका सङग मेरो करिब दुई दसक सम्बन्ध रह्यो । एक अंकमा मात्र मेरो लेख नदेखेकि आफै पनि लेखक उसबेलाका नायब महाप्रबन्धक गोपी कृष्ण श्रेष्ठले “यसपाली खोई त् श्यामजीको लेख ?” भन्नु हुन्थ्यो भनेर सम्पादक तोया गुरुङ सुनाउनु हुन्थ्यो । पछि आएका सम्पादकले पनि सम्पर्क राखेका थिय, तर म अर्कै बाटो तिर लागिसकेको थिए ।

यो पत्रीकाले मलाई आर्थिक लेख लेख्ने अभ्यास गर्न ठूलो अबसर दिएको थियो।शुरुमा ७५ रुपैया पारिस्रमिक थियो र पछि १२५ रुपैया सम्म पुगेको थियो जस्ले विद्यार्थी जीवनमा राम्रै काम दिएको थियो । यहाँबाट म नजानिदो किसिमले अलि आर्थिक लेखन तिरनै केन्द्रित हुन थाले । किनकि आर्थिक लेख बाट पारिस्रमिक पनि आउथ्यो र तुलनात्मक रूपमा कम लेखक हुने कारणले कमनै प्रतिस्पर्धा हुनाले लेख प्रकाशित हुने पनि सुनिस्चितता थियो । फलस्वरूप, मेरा नेपाली तथा अङ्ग्रेजी भाषाका लेखहरु भटाभट द राइजिङ नेपाल, गोरखापत्र, नियोजन, रमझम, प्रशासन, मानस, प्रबाह, जयन्ती, म्यानेजमेन्ट फोरम, म्यनेजमेन्ट डाइनामिक्स आदिमा प्रकाशित भएका थिए । आर्थिक लेखहरु कृषि, बाणिज्य, गरिबी, बैंक ब्यवस्थापन ,परिवार नियोजन, बेरोजगारी, आधारभूत आबस्यकता, ग्रामीण बिकास, बिकासमा महिला सहभागिता, सार्बजनिक संस्थान, निजीकरण, शिक्षा र बिकास आदि समसामयिक विषयमा केन्द्रित हुन्थे।

मलाई अङ्ग्रेजी लेख लेख्न सक्छुं भन्ने पटक्कै बिश्वास थिएन । अतः अति सङ्कोच मानेर एक हस्तलिखित लेखद राइजिङ नेपालमा प्रकाशनको लागि दिए ं। उसबेला त्यहाँ लेख रचना सम्पादक भारत दत्त कोइराला (पछि गोरखापत्र का सम्पादक र गोरखापत्र संस्थानका महाप्रबन्धक) हुनुहुन्थ्यो । उहाँ नयाँ लेखकहरु लाई प्रोत्साहित गर्ने खाले हुनु हुँदो रहेछ । उहाँले झन्डै आधा जस्तो काट्छाँट गरेर आफैले टाइप समेत गरेर वि.सं. २०२९ कार्तिक १८ गते; द राइजिङ नेपालमा Dolakha: The Divine Sport शीर्षकको लेख प्रकाशित गरि दिनु भयो । उहाँकै प्रेरणा स्वरुप पछि उक्त पत्रीकामा धेरै आर्थिक तथा साहित्यिक लेख रचना प्रकाशित भएका थिए। एउटा लेख; Our Female Writers गोरखापत्रमा नै काम गर्ने एक कर्मचारीले नेपालीमा अनुबाद गरि शनिबारियमा प्रकाशन गरेका थिए, तर मैले औपचारिक रुपमा उजुरी गर्न उचित ठानिन । नाम पनि चल्ने दाम पनि पाइने भएकोले गोरखापत्र र राइजिङ नेपाल त मेरा पहिलो छनोट हुने नै भयो । साहित्यिक यात्राको क्रममा एक दुई पुरस्कार पनि प्राप्त भएका थिए ।

वि.सं. २०२५ जेष्ठमा नेपाल ईन्जिनियरिङ ईन्स्टिच्यु द्वारा आयोजित साहित्यिक प्रतियोगितामा; उनी के हुने होलिन; कथाका लागि तृतीय पुरस्कार; वि.सं. २०२८ कार्तिकमा प्रकाश पिन्ड पत्रीका द्वारा आयोजित कथा प्रतियोगिता मा; ….हत्या; कथाका लागि दोस्रो पुरस्कार र वि.सं. २०२९ माघमा त्रि.बि विद्यार्थी युनियन द्वारा आयोजित कविता प्रतियोगितामा; युगको मध्यभाग बाट; कविताको लागि तृतीय पुरस्कार काश्य पदक, वि.सं. २०२९ सालमा सरस्वति क्याम्पसद्वारा आयोजित साहित्यिक प्रतियोगितामा कथाका लागि दोस्रो पुरस्कार प्राप्तगरेको थिए ।

वि.सं. २०४७ मा आँखाको अङ्क १० मा प्रकाशित एकान्की नाटक; मुकुन्डो भित्रको अनुहारमा लेखकको परिचय दिने क्रममा सम्पादक अमरकुमार प्रधान ले टिप्पणी गरेका थिए –; कथाकार, नाटककार, निबन्धकार अझ बढी १२ बर्ष पछि आँखा उघार्न लागिपर्ने तर हाल अल्छी लेखक, सकृय प्राध्यापक को ससक्त एकाङकी; । सम्पादक अमरकुमार प्रधानको भनाइ आंशिक सत्य थियो, तर पुर्ण सत्य भने थिएन।

उनैले दोलखाको भिम पुस्तकालयमा श्याम “बिछोड्का” कथाहरू भनेर यौटा फाइलमा विभिन्न पत्रीकामा प्रकाशित मेरा कथाहरू सङ्कलन गरेर राखेका थिए।उन्ले मलाई साहित्यिक फांट्मा भेट्न छोडेकोले त्यस्तो भनेका होलान्, तर म आर्थिक लेखनमा ब्यस्त थिए । साहित्यिक सृजनाहरु अरुको अनुरोधमा मात्र गर्ने गरेको थिए । अहिले प्रकाशनयोग्य एक उपन्यास, एक नाटक, एक निबन्ध सङ्कलन, एक कथा सङ्कलन र एक संस्मरण सङ्कलन तयारी अबस्थामा छ । हेरौ कुन दिन प्रकाशन गर्ने सुर चल्छ । वि.सं. २०५० साल देखि पाठ्यपुस्तक लेख्न तिर लागे।

एक पछि अर्को पुस्तक सुपर हिट हुन थाले। नाम र दाम दुबै आर्जन हुन थाल्यो । मेरो जिबनमा पहिलो पटक एकमुस्ट एक लाख हात परेको पनि लेखस्व (चयथबतिथ) नै थियो । पछाडी फर्कने मेसोनै पाइन अथवा फुर्सद नै भएन । लेख्दा लेखदै दिन बितेको पत्तै पाउदिनथे । बिहान ९ बजे श्रीमतीजी; म गएं है; भनेर आफ्नो कार्यालय तिर लाग्थिन, ५.३० तिर फर्केर ढोकामा घन्टी बजाए पछि; कति छिटो दिन गए भन्ने लाग्थ्यो ।

लेख्दा लेख्दा ९ कक्षा देखि ११/ १२ अर्थात् प्रमाणपत्र, स्नातक र स्नातकोत्तर, त्यो पनि मानबिकी, ब्यवस्थापन तथा शिक्षा सङ्कायका अर्थशास्त्रका नेपाली र अङ्ग्रेजी माध्यममा ५४ वटा पुस्तक लेखेछु ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!