२५ पुष, बाँपिझ्याला, काठमाण्डौं । खेलाडी तथा खेलप्रेमीलाई लक्षित गर्दै गायक निर्मल दाहालले नयाँ गीत सार्वजनिक गरेका छन् ।
गायक निर्मलले आफ्नै रचना, संगीत तथा स्वरमा नयाँ गीत ‘हार जित’ सार्वजनिक गरेका हुन् । गीतमा र्यापर आत्मले पनि साथ दिएका छन् ।
गीतले सबै खेलाडी र खेल प्रेमीहरूलाई हृदयदेखि धन्यवाद दिनुका साथै रोमाञ्चक साहसिक कार्यहरू गर्न, कठिन चुनौतीहरूको सामना गर्न र अविस्मरणीय सम्झनाहरू सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ ।