Search

जिरी नगरपालिकाले आगामी माघ ३ गतेदेखि जिरी हुँदै काकटभिट्टा–पशुपतिनगरको रुटमा सार्बजनिक रात्रीबस सन्चालन गर्ने

जिरी नगरपालिकाले आगामी माघ ३ गतेदेखि जिरी हुँदै काकटभिट्टा–पशुपतिनगरको रुटमा सार्बजनिक रात्रीबस सन्चालन गर्ने

२४ पुष, बाँपीझ्याला, दोलखा । जिरी नगरपालिकाले आगामी माघ ३ गतेदेखि जिरी, रस्नालु, बेताली – नमाडी, खिम्ती, मन्थली, खुर्कोट, सिन्धुली, बर्दिबास हुँदै काकटभिट्टा–पशुपतिनगर सम्मको रुटमा सार्बजनिक बस सन्चालन गर्ने भएको छ । यात्रुहरुलाई सहजताको लागि जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसरी आउने माघ ३ गतेदेखि जिरी, रस्नालु, बेताली–नमाडी, खिम्ती, मन्थली, खुर्कोट, सिन्धुली, बर्दिबास हुँदै काकटभिट्टा–पशुपतिनगरको रुटमा सार्बजनिक रात्रीबस सन्चालन गर्ने निर्णय गरेको हो ।

जिरी बेताली खिम्ती काकटभिट्टा–पशुपतिनगर–इलाम र जिरी देखि बागमती प्रदेश राजधानी हेटौंडा सम्म नियमित सार्बजनिक रात्रीबस सन्चालन हुँदा पर्यटकीय क्षेत्र जिरीलाई आर्थिक गतिविधि लगाएत पर्यटन प्रबर्द्धनका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास रहेको जिरी नगरपालिकाका प्रमुखले बताउनु भयो ।

माघ तीन गतेदेखि उक्त रुटमा सार्बजनिक बस सन्चालनका लागि रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेड, पुर्ब अरनिको यातायात प्रा.लि., सुनौलो बिपि यातायात प्रा.लि. र पुर्ब मेची बस ब्यबसायी प्रा.ली. को समन्वयमा उक्त सेवा संचालन गर्न लागिएको हो ।

जिरीबाट काकटभिट्टा(पशुपतिनगरको भाडा दर र रात्रीबस छुट्ने समय भने अहिलेनै निर्धारण गरिएको छैन । यो सेवालाई निरन्तरता दिन र सबै लागि पर्नका लागि यातायात ब्यबसायी, होटल ब्यबसायी, राजनीतिक दलका पार्टी प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सन्चारकर्मी लगाएत समस्त जिरीबासीलाई नगरपालिकाले विशेष अनुरोध गरेको छ ।

कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेल, नेकपा एमाले जिरी नगर कमिटिका अध्यक्ष केशब कुमार कार्की, नेपाली काङ्ग्रेस जिरी नगर सभापति सोनाम शेर्पा, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठ, नेकपा एसका अध्यक्ष मोहन कुमार बस्नेत, जिरी होटल ब्यबसायी संघका प्रतिनिधि अनिल कार्की थिए ।

यसै गरी पुर्ब मेची बस सन्चालकका संरक्षक श्री प्रसाद मैनाली, रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष मिङ्गुर शेर्पा, र अन्य यातायात ब्यबसायीका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी लगाएत पत्रकारहरुको सहभागीता थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!