Search

मकैको खोस्टालाई पैसामा रुपान्तरण गर्ने तालिम शुरु

मकैको खोस्टालाई पैसामा रुपान्तरण गर्ने तालिम शुरु

२३ पुष, बाँपिझ्याला, काठमाण्डौं । फोहोरलाई मोहोर बनाउने कुरा हामीले सुँन्दै आएका छौं । विभिन्न अन्नपात–तरकारीका पात–डाँठ–बोक्रालाई प्रयोग गरेर वस्तु उत्पादनका कुरा पनि सुन्न थालिएको छ ।

यसै गरी झापा अर्जुनधारा नगरपालिकामा समेत मकैको खोसेलाबाट वस्तु उत्पादन गर्ने खोस्टालाई पैसामा रुपान्तरण गर्ने तालिम शुरु भएको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा आजदेखि मकैको खोसेलाबाट डोरम्याट बनाउने सम्बन्धी १२ दिने तालिम शुरु भएको छ । महिलालाई सीप प्रदान गरी आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको शाखाकी प्रमुख सूर्यमाला लिम्बूले बताउनुभयो ।

तालिममा सहजकर्ताद्वय सन्तोषकुमार श्रेष्ठ र उर्मिला रसाइलीले सहजीकरण गरिरहेका छन् । तालिममा अर्जुनधारा–६ र ११ नं. वडाका २४ जना प्रशिक्षार्थीको सहभागिता रहेको शाखाकी सहायक शान्ति गड्तौलाले जानकारी दिनुभयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!