Search

राष्ट्रिय सभा सदस्य उम्मेदवारमा नेकपा एमाले बागमती प्रदेशबाट महिला कोटामा रोचकुमारी चौलागाई

राष्ट्रिय सभा सदस्य उम्मेदवारमा नेकपा एमाले बागमती प्रदेशबाट महिला कोटामा रोचकुमारी चौलागाई

२२ पुष, बाँपिझ्याला, दोलखा । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सदस्य उम्मेदवारमा नेकपा एमाले बागमती प्रदेशबाट महिला कोटामा दोलखाका रोचकुमारी चौलागाईलाई तय गरिएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज जारी गरिएको प्रेश विज्ञप्तीमा सो उल्लेख गरिएको छ ।

यसै गरी कोशी प्रदेश महिलाबाट रुक्मिणी कोईराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता/ अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाण्डौं), दलितबाट धुवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/ अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), रहेका छन् ।

यसै गरी लुम्वीनीमा महिला बाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ति क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईस्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता/ अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment