Search

दोलखा भीमेश्वरले भीम एकादशीका दिन देखि देखि लागु हुने गरी भक्तजनहरुको लागि सार्वजनिक सूचना जारी

दोलखा भीमेश्वरले भीम एकादशीका दिन देखि देखि लागु हुने गरी भक्तजनहरुको लागि सार्वजनिक सूचना जारी

२० पुष, बाँपीझ्याला, दोलखा । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिती, दोलखाले आउँर्दे गरेको भीम एकादशी पर्वलाई लक्षित गरी हिजो पुष १९ गते एक सार्वजनिक सूचना प्रकाशित गरिएको छ । सूचनामा उल्लेख भए अनुसार ६ वटा नियमहरु सार्वजनिक गरिएको छ ।

जस अनुसार भीमेश्वर भगवानलाई सिन्का धुपको विकल्पमा गोकुल धुप, साल धुप वा बाटेको धुप प्रयोग गर्ने, यसै गरी विहान रुद्रीपूजा, राजपूजाको समयमा काचो नरिवल पूजा सामाग्रीमा समावेश नगर्ने, भीमेश्वर मन्दिरको क्षेत्रमा प्लाष्टिकजन्य सामाग्रीलाई प्रवेश निषेध गरिएको जनाईएको छ ।

यसै गरी सेतो, रातो तुल बलीपूजा र रुद्री पूजामा बाहेकको समयमा फलामको त्रिशुल, स–साना घण्टी, रातो वा सेतो तुल, चुनरी, सौभाग्य आदी चढाउन प्रतिवन्ध लगाएको जनाईएको छ । तर त्रिशुल घण्टी कुनै भक्तजनलाई चढाउन ईच्छा भएमा व्यवस्थापन समितीमा सम्पर्क गरी तोकिएको मापदण्डमा चढाउन सकिने जनाईएको छ ।

भीमेश्वर परिसर भित्र कुनैपनी व्यापार व्यवसाय गर्न प्रतिबन्ध लगाउने र परिसर भन्नाले पूर्वमा कालिमन्दीर, पश्चिममा भीमेश्वर डब्बली, उत्तरमा भीमेश्वर मन्दिर प्रवेश गर्ने सिढी र बगैचा, दक्षिणमा देउपाखा तथा घरेलुको सिमाना बुझ्नु पर्ने प्रकाशित सूचनामा जनाईएको छ ।

भीमेश्वरको प्रतिमाहरु बनाई बिक्रि वितरण गरिएको र व्यवसायी गर्ने स्थानहरुमा पत्रपत्रिका छपाई गर्ने पाइएकोले त्यस्ता प्रतिमाहरु बनाउन, बिक्रि वितरण गर्नु र कुनै पनी पत्रपत्रीका वा मुखपत्रहरुमा छपाई गर्न निषेध गर्ने र विक्रि वितरणमा राखीएको भीमेश्वरको फोटोहरु समितीको अनुमती लिई वा समितीको स्विकृतीले मात्र फोटो विक्रि वितरण गर्ने सूचना सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको सूचनाका नियमहरु फागुण ८ गते जारी मिती तोकिएको छ । सूचना सामाजिक सञ्जालबाट

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment