Search

तुल्सीबहादुर श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

तुल्सीबहादुर श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

२० पुष, बाँपीझ्याला, काठमाण्डौं । गृह मन्त्रालयले आन्तरिक महाशाखामा रहेका तुल्सीबहादुर श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको छ। त्यस्तै नक्सालस्थित हेडक्वाटरमा रहेका एसएसपी शेखर खनाललाई ललितपुर प्रहरी परिसरको जिम्मेवारी तोकिएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले श्रेष्ठ र खनाललाई ललितपुरमा काज सरुवा गरेको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए।

इपीएस परीक्षाको विषयमा बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि गृहले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख सिद्धिबिक्रमश शाहलाई फिर्ता बोलाएको थियो। गृहले घटनाको विषयमा छानबिन गरिरहेको छ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment