Search

नेपालको परीक्षा प्रणाली कसरी बढी अंक ल्याउने भन्नेमा केन्द्रीत भयो : बुढाथोकी

नेपालको परीक्षा प्रणाली कसरी बढी अंक ल्याउने भन्नेमा केन्द्रीत भयो : बुढाथोकी

१९ पुष, बाँपीझ्याला, काठमाण्डौं । नेपालको परीक्षा प्रणाली कसरी बढी नम्बर ल्याउने भन्नेमा केन्द्रीत भएकाले समग्र शिक्षाको गुणस्तरमा सुधार हुन नसकेको आईएनजीका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले बताए । मंगलबार काठमाडौंमा आयोजित दोस्रो ‘कान्तिपुर एजुकेसन समिट-२०८०’को दोस्रो सत्र ‘नेपालमै गुणस्तरिय उच्च शिक्षा कसरी ?’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘विद्यार्थीलेबढी नम्बर ल्याउने गरी पढ्ने र शिक्षकले पनि विद्यार्थीले कसरी बढी नम्बर ल्याउन सक्छन् भन्ने उद्देश्यले पढाउनुहुन्छ,’ उनले भने, ‘तर, पढेको कुरा कहाँ लागु गर्ने भन्ने कुरा सिकाइँदैन । यो प्रणालीमार्फत विश्वबजारमा आवश्यक जनशक्ति उत्पादन गर्न सकिँदैन ।’

गुणस्तरीयशिक्षाका लागि शिक्षण सामाग्री, गुणस्तरीय शिक्षकलगायत स्रोतको आवश्यक पर्छ । तर हामीले गुणस्तरीय पुस्तक र शिक्षकको क्षमता अभिवृद्धिमा ध्यान दिएका छौं त भन्ने मुख्य विषय हो । ‘शिक्षाको गुणस्तर सुधार नहुनुमा दोष शिक्षकलाई दिइन्छ । तर ऊ यो क्षेत्रको खम्बा हो भनेर उसलाई प्राथमिकता दिइँदैन ?’ उनले भने, ‘शिक्षकलाई किन ग्ल्यामरस नबनाउने ?’

उच्चशिक्षाको आधार विद्यालय शिक्षा हो । तर, विद्यालय स्तरमा विद्यार्थीहरुलाईनेपालमै गर्न सकिन्छ नेपालमै अवसर छ भन्ने कुरा बुझाउन नसकिएको उनले बताए ।‘नेपालको शिक्षा राम्रो छ, यहीँ पाएको शिक्षाकै भरमा नेपालमै धेरै काम गर्न सकिन्छ भन्ने कुरा विद्यार्थीलाई सिकाइएको छ त?’ उनले भने, ‘जब विद्यालयस्तरमा ती कुरा सिकाइँदैन भने विद्यार्थीले नेपालमै उच्च शिक्षा लिएर भविष्य देख्दैनन् ।’

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!