Search

बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली समेत ६ जनाले ‘छोपा बामरे’ हिमालको आरोहण

बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली समेत ६ जनाले ‘छोपा बामरे’ हिमालको आरोहण

१६ पुष, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली समेत ६ जनाको टिमले आफ्नै पालिका भित्र रहेको भर्जिन ‘छोपा बामरे’ हिमालको आरोहण गरेका छन् ।

गत बर्षमात्र आरोहण अनुमति खुला गरिएको बिगु गाँउपालिका वडा नम्बर– १ लप्ची मा रहेको ६ हजार १ शय ९ मीटर अग्लो ‘छोपा बामरे’ हिमाल आरोहणको लागि पालिका प्रमुख सञ्जीव ओली, उपप्रमुख देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा नम्बर– १ को वडा अध्यक्ष मेम्बा तमाङ, सगरमाथा आरोही लिलाबहादुर वस्नेत लगायत १० जनाको टिम गत पुष ९ गते त्यसतर्फ गएको थियो ।

आरोहणमा गएका मध्य बिगु गाँउपालिकाका अध्यक्ष सञ्जीव ओली, सगरमाथा आरोही लिलाबहादुर वस्नेत, निमा ग्याल्जेन शेर्पा, फुर्वा थिले शेर्पा, भविन्द्र खड्का र लाक्पागेली शेर्पाले ‘छोपा बामरे’ हिमालको सफल आरोहण गर्नु भएको थियो ।

बिगु गाँउपालिका समेतको आग्रहमा सरकारले गतबर्षमात्र पालिका भित्र रहेको ‘छोपा बामरे’ र ‘आमा बेग्मरे’ हिमाल आरोहण खुला गरेको ओलीले बताउनु भयो । हिमाली जिल्ला दोलखामा आरोहण अनुमति भएका हिमालको प्रचार– प्रसार गर्न सकिए पर्यटन प्रवद्धनमा टेवा पुग्ने र दोलखाको समृद्धि सम्भव हुने ठानेर गौरीशङ्कर गाँउपालिकाले ‘छोपा बामरे’ हिमाल आरोहणको योजना बनाएको प्रमुख ओलीको भनाई छ ।

पुष ९ गते पालिका कार्यालयबाट आरोहणको लागि हिडेको टोली पुष १३ गते हाईक्याम्पबाट राति २ः ३० बजे अघि बढेको र पुष १४ गते विहान ९ः ४० बजे आरोहण गर्न सफल भएको पालिका प्रमुख ओलीले बताउनु भयो । टोलीमा संलग्न उपप्रमुख देविका थामी, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा अध्यक्ष मेम्बा तमाङ लगायतले ६ जना सफल आरोहीलाई बेसक्याम्पबाट विदाई गर्नु भएको थियो ।

आफ्नो पालिकामा रहेको हिमाल आरोहणको लागि बिगु गाँउपालिकाले १५ लाख रुपैया छुट्टाएको थियो । उक्त रकम टेक्नीकल टिमको खर्चका लागि निमा शेर्पाको डोल्मा एक्सपिडिसनलाई दिईएको र अन्यखर्च आरोहीहरुले व्यक्तिगत रुपमा गरेको पालिका प्रमुख ओलीले बताउनु भयो । पर्यटन प्रवद्धनकै लागि आफुले ‘छोपा बामरे’ र ‘आमा बेग्मरे’ हिमालको बेसक्याम्प सम्मै भएपनि पत्रकारहरु समेतको टिमलाई पनि लान चाहेको पालिका प्रमुख ओलीले बताउनु भयो । समाचार सम्प्रेशनको लागि आजको दैनिकबाट ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!