१६ पुष, बाँपीझ्याला, काठमाण्डौं । २०३८ सालमा गोरखापत्रका सम्पादक रहेका पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य-सचिव र अध्यक्ष थिए । उनी राष्ट्रिय समाचार समितिको रिपोर्टरबाट सेवा सुरुवात गर्दै कायममुकायम महाप्रबन्धकसमेत भएका थिए । नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै कलम चलाउने पोखरेल राष्ट्रिय मानवअधिकार आयोगको सदस्यसमेत भएका थिए ।
धनकुटाको कचिडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबार मात्र अन्तिम संस्कार गरिने जनाइएको छ । दिवंगत पोखरेलका श्रीमती, दुई छोरी र एक छोरा छन् ।