Search

राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हो : प्रधानमन्त्री

राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हो : प्रधानमन्त्री

१५ पुष, बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ। आज आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो।

उहाँले नेपालका मौलिक चाडपर्वले नेपालीका बिचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताउनुभयो। उहाँले देशको विशेषता र मौलिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले ल्होसार लगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘ल्होसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यसको ऐतिहासिक एवम् वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व छन्। तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको रूपमा प्रवर्द्धन गर्नुपर्दछ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभयो। उहाँले नेपाल पूर्व, पश्चिम, उत्तर र दक्षिणको प्रमुख सभ्यताहरूको संगमस्थल भएको उल्लेख गर्नुभयो। उहाँले सबै जाति, जनजातिको आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृति रहेको र सबै संस्कृतिको समन्वयता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताउनुभयो।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!