Search

६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै

६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै

१४ पौष, बाँपीझ्याला, काठमाण्डौं । ६ प्रदेशका मुख्यमन्त्रीहरूले संविधान कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने भएका छन् । शुक्रबार हेटौँडा भेला भएर अन्तर प्रदेश समन्वय बैठक गरेका ७ प्रदेशका मुख्यमन्त्री शनिबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न काठमाडौँ पुगेका हुन् ।

मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने छैनन् । कार्यव्यतताका कारण मुख्यमन्त्री शाह हेटौँडाबाट धनगढी फर्किएका छन् । संविधान अनुसार सङ्घीयता कार्यान्वयन गर्न अधिकार माग गर्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउन ६ प्रदेशका मुख्यमन्त्री काठमाडौँ पुगेका हुन् ।

हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय सहित उनीहरू प्रधानमन्त्री प्रचण्ड भेट्ने तयारी गरिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । उनका अनुसार शनिबार बिहान ८ बजे मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्ड भेट्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा मुख्यमन्त्रीहरूले हेटौँडा भेलाको ९ बुँदे ध्यानाकर्षण पत्र सहित गत असार १५ र १६ गते पोखरामा भएको बैठकको निर्णय कार्यान्वयनबारे छलफल हुनेछ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!