Search

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा बृहत्त दोलखा महोत्सवको उद्घाटन, फिल्मसिटीलाई प्राथमिकता दिने

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा बृहत्त दोलखा महोत्सवको उद्घाटन, फिल्मसिटीलाई प्राथमिकता दिने

१३ पुष, बाँपीझ्याला, दोलखा । दोलखा उद्योग बाणीज्य संघ दोलखाको आयोजना आज १३ गतेदेखि २२ गतेसम्म चरिकोटमा हुन गईरहेको बृहत्त दोलखा महोत्सव आजदेखि शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले महोत्सव उद्घाटन गर्नु भएको छ ।

प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्रमा पूर्ण सुधार भयो भन्ने अवस्था नरहे पनि विगतको तुलनामा निक्कै राम्रो भएको बताए । यसै गरी बृत्तह दोलखो महोत्सवको उद्घाटन सत्रको सम्वोधनको क्रममा दोलखा जिल्ला भित्र रहेको महत्वपूर्ण धार्मीक, पर्यटकिय विकासका कार्यक्रमहरुलाई आफ्नै कार्यकालमा पुरा गर्ने बचत दिनु भएको छ ।

भीमेश्वर नगरपालीका वडा नं. ९ स्थित डाङडुङ्गे डाँडामा निर्माण हुने भनिएको फिल्मसिटीको बारेमा सम्वोधन गर्दै ‘दोलखाको उक्त फिल्मसिटी निर्माणका लागि आफ्नै अघिल्लो कार्यकालमा योजना स्वीकृत गरी जग्गा भोगाधिकारबारे स्वीकृती संगै त्यसलाई पुर्णता दिन सरकारको तर्फबाट पुरा गर्न सहयोग गर्ने बताउनु भयो ।

यसै गरी नेपालको अर्थतन्त्र खस्कन्दै गएको र यसलाई सबैले धैर थोरै बल गर्ने हो भने मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्कन सक्ने दाबी समेत गर्नु भयो । प्रधानमन्त्री दाहालले दोलखाको तामाकोशी करिडोर हुदै अघि बढेको चीन र भारत जोड्ने सडकलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै अध्यक्ष दाहालले आफूलाई दोलखा असाध्य मन पर्ने जिल्ला भन्नु हुर्दै आफ्नो पार्टी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक राजधानी बाहिर चरिकोट र जिरीमा बास बसेको स्मरण समेत गरे ।

दोलखा जिल्ला नेपालको समय मापन गौरीशङ्कर हिमाल भएको जिल्ला, हाम्रो पार्टीको इमान्दार, सक्रिय राजनीतिक योद्धा रितबहादुर खड्काको जिल्ला त्यहि कारण पनि मलाई यहाँ पटक–पटक आउन मन पर्छ– प्रधानमन्त्री दहालले भने ।

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त महोत्सव उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री पार्वत गुरुङ, नेपाली कांग्रेसको केन्द्रीय सदस्य जीपछिरीङ लामा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

महोत्सव उद्घाटनको अवसरमा प्रधानमन्त्री पुष्पकमल दहालले समाजसेवी प्रभुराम श्रेष्ठ, विदुर शर्मा, दोलखा बैतेश्वर गाँउपालिकाका प्रमुख छवि लामा, च्छो– रोल्पा जनरल अस्पताल, डा. विनोद दंगाल, पत्रकार श्याम खतिवडा, दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामेश्वर मानन्धर, जिरी उद्योग वाणिज्य संघ, दोलखा उद्योग वाणिज्य संघ सिंगटी, मागादेउराली र मैनापोखरी शाखा तथा दोलखा वितरक संघलाई सम्मान गरेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment