Search

आजदेखि दोलखा महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड ११ बजे चरिकोट आउने

आजदेखि दोलखा महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्ड ११ बजे चरिकोट आउने

‘दोलखा महोत्सवको दिव्यदृटि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’

१३ पुष, बाँपीझ्याला, दोलखा । दोलखा महोत्सव आज १३ गते देखि दोलखा जिल्ला सदरमुकाम चरिकोटमा सुरु हुँदैछ । दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि बिहान ११ बजे सदरमुकाम चरिकोट आईपुग्ने कार्यक्रम रहेको छ ।

यसरी सम्पन्न हुन गईरहेको महोत्सवमा बिभिन्न १५० स्टल रहनेछन् । जसमा स्थानीय उत्पादनका बस्तु बिक्रीवितरण तथा प्रवद्र्धन गर्ने स्टल राखिने छ । महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारहरूको साँस्कृतिक प्रस्तुती रहेको थाहा भएको छ । जसका लागि कलाकार मिलन नेवार, राजनराज शिवाकोटी, एलिना चौहान, हरिबहादुर राउत, प्रीति आले, ज्योति मगर, नवराज घोरासैनी, रमेश प्रसाई, प्रताप दास, रमेशराज भट्टराई, दिपक स्वप्नील, हरिबहादुर लगायतका कलाकारहरु आउनेछन् ।

‘दोलखा महोत्सवको दिव्यदृटि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ नारासहित आयोजना गरिएको १० दिने दोलखा महोत्सव पुष १३ गतेदेखि २२ गतेसम्म संचालन हुनेछ ।

महोत्सव अवधिमा टुडिखेलदेखि भ्यूटावर हुँदै देउरालीसम्म घोडचडी, विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिने छन् । अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन ‘न्यु इयर इभ’ का रूपमा दोलखा भ्रमणमा आउने पर्यटकको स्वागतका लागि पुस १५ गते चरिकोट बजार क्षेत्रमा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना गर्ने तयारी रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!