Search

दोलखा महोत्सवको सवै तयारी पुरा, दुलही जस्तै सिँगारीयो चरिकोट बजार

दोलखा महोत्सवको सवै तयारी पुरा, दुलही जस्तै सिँगारीयो चरिकोट बजार

११ पुष, बाँपीझ्याला, दोलखा । दोलखा उद्योग वाणिज्य संघले यही पौष १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गर्न लागिरहेको बृहत दोलखा महोत्सवको लागि चरिकोट बजार दुलही जस्तै सिगाँरीएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड” ले उदघाटन गर्ने कार्यक्रम रहेको बाणीज्य संघका दोलखा अध्यक्ष ईन्द्र श्रेष्ठले बताउनु भयो । महोत्सवको आफ्नै मौलिक साँस्कृतिक महत्व रहेको छ ।

फोटो : दिपशंकर चौलागाईं

यसै गरी महोत्सवमा आउने प्रमुख अतिथी, अतिथी र शुभचिन्तकहरुको लागि स्वागत र सम्मानको लागि प्रवेशद्धारा निर्माण गरिएको छ भने चरिकोट बजार सजाउँदै महोत्सवको सवै तयारी पुरा भएको दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।

फोटो : दिपशंकर चौलागाईं

महोत्सवको उद्देश्य पर्यटन, कृषी, उर्जाको प्रचुर संभावना भएको दोलखाको अर्थतन्त्र चलायमान र बृद्धी गराउनको लागि उद्योग वाणिज्य संघले आयोजना गरेको दोलखा महोत्सवको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड दोलखा आउनुले दोलखाको धार्मीक पर्यटक क्षेत्रको विकास र कृषि क्षेत्रमा सहयोग पुग्नेमा विश्वस्त रहेको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।

फोटो : प्रभु जिरेल

महोत्सवमा स्थानीय दोलखाली नेवारी खानाको परिकार र उत्पादनको बिक्री वितरण तथा प्रवद्र्धन गर्ने सहयोग पुगोस भन्ने उद्देश्यले १ सय ५० वटा स्टल राखिने दोलखा उद्योग वाणिज्य संघले जनाएको छ ।

स्टलमा विशेष गरी सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समुहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन सामग्री लगायत प्रदर्शनीका लागि राखिने समेत जानकारी गराईएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!