Search

श्रेष्ठलाई पत्रकार महासंघ संस्थापक अध्यक्षको पहिचान दिन फुटसल

श्रेष्ठलाई पत्रकार महासंघ संस्थापक अध्यक्षको पहिचान दिन फुटसल

सत्यनारायणबहादुर स्मृति मिडिया कपमा चितवन च्याम्पियन

९ पुष, बाँपीझ्याला, काठमाण्डौं । नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा सोमबार नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ ।

आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले हरायो । च्याम्पियन टिमका लागि अनिश श्रेष्ठ र गगन श्रेष्ठले चार–चार गोल गर्नुभयो । यसैगरी काठमाडौँका अभिनव जोशीले पनि फाइनलमा चार गोल गर्नुभएको थियो ।

प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवाः कलाकार र एनएफएनज ललितपुरको पनि सहभागिता रहेको थियो । छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह एमा आयोजकसहित ललितपुरको पत्रकार टिम र कलाकार तथा समूह बीमा काठमाडौँ, चितवनको पत्रकार टिम र फोनिज रहेका थिए । समूह एबाट नेवाः कलाकार विजेता र आयोजक एनएफएनजे उपवजिेता बनेर सेमिफाइनल पुगेका थिए । यसैगरी चितवन समूह बीको विजेता र काठमाडौँ उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेका थिए ।

उद्घाटन खेलमा कलाकारको टिमल आयोजकलाई १–० ले हराएर विजयी सुरुआत गरेको थियो । कलाकारको टिमले समूह चरणमा एनएफएनजे ललितपुरलाई पनि ४–० ले हरायो । आयोजक एनएफएनजे भने आप्mनो दोस्रो खेलमा ललितपुरलाई २–१ ले पराजित गरी सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

समूह बीमा चितवनले काठमाडौँलाई ६–२ र फोनिजलाई ७–१ ले पराजित गरेको थियो । काठमाडौँ आप्mनो दोस्रो खेलमा फा्निजलाई ५–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो सेमिफाइनलमा ६–२ र दोस्रो सेमिफाइनलमा चितवनले एनएफएनजेलाई ५–१ ले हराएर उपाधि भिडन्तमा स्थान बनाएका हुन् ।

सो प्रतियोगिताको समूह चरण सकिएपछि नेवाः महिला पत्रकार र नेवाः महिला कलाकारबिच मैत्री खेल भएको थियो । जसमा नेवाः महिला पत्रकार २–१ ले विजेता बनेको थियो । सो प्रतियोगिताको उद्घाटन ललितपुरमहानगरपलिका वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ र समापन ललितपुर उपमहानगरपालिकाका उपमेयर मञ्जली शाक्यले गर्नुभएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले यसपटक श्रेष्ठको १०८ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो । श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ । सोही दिन मिडिया कपको विजेता, उपविजेता टिमहरुलाई पुरस्कृत गरिनेछ ।

नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आप्mनो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेपछि भएको बताउनुभयो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो ।

त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ– जुन बिल्कुलै गलत भएको उहाँको भनाइ छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!