९ पुष, बाँपीझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्र काठमाण्डौं महानगर वडा नं. १६ को आज भेला सम्पन भएको छ । उद्योग विकास संघको सभाहल बालाजु औधोगिक क्षेत्रमा सम्पन्न उक्त भेलाले सुदन थापाको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मतीले चयन गरेको छ ।
नेकपा माओवादी केन्द्र स्थाई कमिटी सदस्य क. अमृता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सदस्य जन्मदेव जैशी, संघिय सासंद कल्पना मिया, बागमती प्रदेश सचिवालय सदस्य काठमाण्डौं ७ क्षेत्र ईञ्चार्ज दिपक सिलवाल रुपेश, बागमती प्रदेश ७ नं.क्षेत्र (क) का अध्यक्ष सुजन लामा, बागमती प्रदेश सचिवालय सदस्य नवराज दहाल, बागमती प्रदेश सदस्य श्याम श्रेष्ठ, काठमाण्डौं जिल्ला अध्यक्ष सञ्जय लामा, काठमाण्डौं महानगर अध्यक्ष राजेश लामा र नेवाः खल काठमाण्डौं जिल्ला अध्यक्ष धर्म महर्जन लगायत काठमाण्डौं महानगरका सदस्यहरु, वडा नं. १६ का सल्लाहकार, सदस्यहरु र शुभचिन्तक महानुभावहरुको उपस्थिती रहेको थियो ।
काठमाण्डौं महानगर वडा नं. १६ का सचिव सुजाता थापा मगरले संचालन गरिएको वडाध्यक्ष सुदन थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथीहरु लगायत शुभचिन्तक महानुभावहरुलाई महेन्द्र श्रेष्ठले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।
ज्ञात अज्ञात शहिदहरुको सस्मरणमा १ मिनेट मौन धारण गरी शुरु गरिएको उक्त कार्यक्रमा सामूहिक राष्ट्रिय गानबाट कार्यक्रम अगाडी बढाईएको थियो ।
यसरी सम्पन्न कार्यक्रममा शुभकामना एवं प्रशिक्षणमुलक मन्तव्य दिनेहरुमा स्थायी कमिटी सदस्य अमृता थापा मगर, संघिय सासंद कल्पना मिया, बागमती प्रदेश सचिवालय सदस्य काठमाण्डौं ७ क्षेत्र ईञ्चार्ज दिपक सिलवाल रुपेश, काठमाण्डौं जिल्ला अध्यक्ष सञ्जय लामा र काठमाण्डौं महानगर अध्यक्ष राजेश लामाले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
अन्तमा कार्यक्रमका सभापती एवं वडा नं. १६ का वडाध्यक्ष सुदन थापाले प्रमुख अतिथी, विशेष अतिथी, अतिथी र शुभचिन्तक महानुभावहरुलाई कार्यक्रम सफल बनाई दिएको हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न सहयोग गर्नु हुने सवैमा विशेष धन्यवाद दिर्दै उद्घाटन सत्रको कार्यक्रमका समापन गरिएको थियो ।
यसै गरी बन्द सत्रमा काठमाण्डौं महानगरका सदस्य उपेन्द्र प्रधानको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । जसमा सदस्यहरुमा पूर्ण लामीछाने, सम्राट कुसारी, टेकबहादुर खकुरेल र सिर्जना घिमिरे रहेका थिए ।
बन्द सत्रमा केन्द्रीय सदस्य जन्मदेव जैशीले प्रशिक्षणमुलक विचार व्यक्त गर्नु भएको थियो । यसै गरी काठमाण्डौं क्षेत्र नं. ७ (क) का अध्यक्ष सुजन लामाले राजनैतीक प्रतिवेदन प्रस्तुत गरिएको थियो । जसमा पाटीको ३ महिने अभियानको बारेमा काठमाण्डौं क्षेत्र नं. ७ अन्तर्गत वडा नं. १६ ले गरेका क्रियाकलापहरुको बारेमा बिस्तृत रुपमा प्रस्तुत गरिएको थियो । यसै गरी आर्थिक प्रतिवदेन कोषाध्यक्ष अजयराज वन्तले प्रस्तुत गर्नु भएको थियो । यसरी प्रस्तुत गरिएको दुवै प्रतिवदेन सर्वसम्मतीले पास गरेको थियो ।
यस पछि वडा नं. १६ का बिभिन्न बुथ प्रतिनिधीहरुबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदन प्रस्तुत पछी काठमाण्डौं नगर अध्यक्ष राजेश लामाले प्यानल प्रस्ताव प्रस्तुत गरिएको थियो । यसरी प्यानल प्रस्ताव पछी आपसी सल्लाहमा सुदन थापाको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मतीले चयन गरिएको थियो ।
अन्तमा उपस्थिती महानुभाव र सर्वसम्मती चयन भएका कमिटीका टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम अन्त भएको घोषणा निर्वाचन मण्डल एवं बन्द सत्रका अध्यक्ष उपेन्द्र प्रधानले गर्नु भएको थियो ।