७ पुष, बाँपीझ्याला, दोलखा । अखिल नेपाल महिला संघ भीमेश्वर नगरकमीटी दोलखाको ८ औँ नगर सम्मेलनले सम्पन्न भएको छ । उक्त सम्मेलनले मुना श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरिएको अखिल नेपाल महिला संघ दोलखाका अध्यक्ष मेनुका सुवेदीले जानकारी दिनुभयो ।
यसै गरी कमिटीको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा दीपा घिमिरे, उप–सचिवमा सविना लामा र कोषाध्यक्षमा संगीता सापकोटा निर्वाचित हुनुभएको छ ।
अधिवेशनमा नेकपा एमाले बागमति प्रदेश कमीटीका सदस्य एंव प्रदेश सदस्य भरत बहादुर केसी, बागमति प्रदेश कमीटीका सदस्यहरु कालिका पाठक, जानुका न्यौपाने, अखिल नेपाल महिला संघ दोलखाका अध्यक्ष मेनुका सुवेदी नेकपा एमाले तामाकोशी गाउँपालिकाका कमीटीका अध्यक्ष उर्मीला खड्का,अखिल नेपाल संघका पुर्व अध्यक्ष एव भीमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेत लगायतको नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।