Search

भीमेश्वर नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि कालिञ्चोकलाई

भीमेश्वर नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि कालिञ्चोकलाई

७ पुष, बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालिकामा आयोजित नगरपालीका अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटले हात पारेको छ ।

सदरमुकाम चरिकोटमा आज सम्पन्न रनिङ शिल्डको उपाधि कालिञ्चोक माविले हात पारेको हो । विभिन्न विधामा भएको प्रतियोगितामा कालिञ्चोक मा.वि.ले ६ स्वर्ण, ५ रजत र ५ काँस्य गरी १६ पदक हासिल गरेको छ ।


यसै गरी कालिञ्चोक मा.वि बिजेता भएसँगै नगद रु. ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै सुर्के मा.वि. खरिढुंगाले ५ स्वर्ण, ५ रजत र १ काँस्य गरी ११ पदकसहित दोस्रो स्थान हाँसिल गरेको छ । दोस्रो भएसँगै सुर्के माविले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा सर्व मा.वि. जिलुले ५ स्वर्ण र १ काँस्य पदकसहित तेस्रो भएको छ । तेस्रो स्थान हासिल गर्न सफल भएको सर्व मावि जिलुले २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । बिजयी टिम तथा खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य गंगा कार्की (विश्व) ले पुरस्कार वितरण गर्नुभएको थियो ।

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको अध्यक्षतामा सम्पन्न उक्त पुरस्कार वितरण समारोहमा प्रदेशसभा सदस्य भरत बहादुर केसी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत लगायतको उपस्थिति थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!