Search

साहित्यिक पत्रकार संघ दोलखाको आयोजनमा “कविता यात्रा २०८०” सम्पन्न

साहित्यिक पत्रकार संघ दोलखाको आयोजनमा “कविता यात्रा २०८०” सम्पन्न

७ पुष, बाँपीझ्याला, दोलखा । साहित्यिक पत्रकार संघ दोलखाको आयोजनामा पर्यटकीय तथा धार्मीक स्थल शैलुङमा आयोजना गरेको ‘कविता यात्रा– २०८०’ हिजो पौष ६ गते शुक्रवार सम्पन्न भएको छ ।

शैलुङको स्थित शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कविता वाचत कार्यक्रममा देशभरीका विभिन्न कविहरूले कविता बाचन गरेका थिए । यसरी सम्पन्न “कविता यात्रा– २०८०” को लागि कवि तथा लेखकहरू गत पौष ४ गते शैलुङ पुगेका थिए ।

उक्त कविता वाचन कार्यक्रम एसएस फाउण्डेशन काठमाडौँ र समाजसेवी शोभित उप्रेतीको वित्तिय सहयोगमा आयोजना गरेको संघका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।

शैलुङ गाउँपालिका वडा नम्बर– ८ का वडा अध्यक्ष धनबहादुर तामाङको सभापतित्वमा सम्पन्न उक्त कविता बाचन कार्यक्रममा मुरारि सिग्देल, राधेश्याम लेकाली, श्रीबाबु कार्की, प्रद्युम्न जोशी, नीता श्रेष्ठ, रुद्र अधिकारी, विनोद नेपाल, नरेन्द्रबहादुर श्रेष्ठ, डा बुनु दाहाल, सुभाषचन्द्र पौडेल, भीमफेदिया, रितु कँडेल, नन्दु उप्रेती, नरहरि प्रेमी, प्रा डा गोविन्दसिंह कार्की, सुजित काफ्ले, सविना भण्डारी, मनिषा कार्की, रेखा अधिकारी, सविना थापा, शिव बुढाथोकी लगायतका कविहरूले कविता बाचन गर्नुभएको थियो ।

कार्यक्रममा एसएस फाउण्डेशनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती थापा, शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरत दुलाल, शैलुङ गाउँपालिका वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समाजसेवी शोभित उप्रेतीले प्रदान गर्नुभएको शैलुङ गाउँपालिका वडा नम्बर– ८ कालापानीमा रहेको जग्गामा स्रष्टा घर निर्माणको लागि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शिलान्यास गर्नु भयो । यसरी निर्माण हुन गईरहेको स्रष्टा घर दोलखा जिल्ला अनी शैलुङको पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने कुरामा आफु विश्वस्त रहेको समाजसेवी शोभित उप्रेतीले बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!