Search

पूर्व प्रधान न्यायाधिस हरिकृष्ण कार्कीद्वारा न्यायापालीका विशेष अङ्क “ठहर” विमोचन

पूर्व प्रधान न्यायाधिस हरिकृष्ण कार्कीद्वारा न्यायापालीका विशेष अङ्क “ठहर” विमोचन

६ पुष, बाँपीझ्याला, काठमाण्डौं । कानुनी न्यायिक अध्ययन प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा प्रकाशन गर्दैै आएको “ठहर” न्यायपालीका विशेष अङ्क आज अनामनगर स्थित युनियन हाउसमा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवं सम्माननिय पूर्व प्रधान न्यायाधिस हरिकृष्ण कार्कीज्यूको हातबाट विमोचन गरिएको हो ।

कानुन न्यायिक प्रतिष्ठानका अध्यक्ष कुमार योञ्जन तामाङको अध्यक्षतामा संचालन गरिएको उक्त विमोचन कार्यक्रममा विशिष्ठ अतिथीहरुमा संस्थाका संरक्षक बरिष्ठ अधिवक्ता एवं पूर्व महान्याधिवक्ता मुक्तीनारायण प्रधान, माननिय संविधान सभा सदस्य तथा बरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, संविधानसभाका माननीय सभासद तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, बरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उच्च अदालतका माननीय पूर्व न्यायाधीशहरू माननिय अनन्तराज डुम्रे, थीरबहादुर कार्की, संंस्थाका सल्लाहकार बरिष्ठ अधिवक्ता डा. गोविन्द गौतम, सत्य निरुपण तथा मेलमिलाप आयोग केन्द्रका पूर्व सदस्य माननिय बरिष्ठ अधिवक्ता विश्व प्रकाश भण्डारी, ललितपुर बार एशोसिएशनका अध्यक्ष राम श्रेष्ठ र काठमाण्डौं जिल्ला बारका अध्यक्ष रामचन्द्र पौडेलको उपस्थिती रहेको थियो ।

यसै गरी सल्लाहाकारहरु राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष माननिय डा. जनक शाह, बरिष्ठ अधिवक्ता रविनारायण खनाल, बरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, अधिवक्ता डा. कुन्सङ लामा, अधिवक्ता मंगल महर्जन, अधिवक्ता अम्बरबहादुर थापा, अधिवक्ता शान्तिदेवी खनाल र अधिवक्ता विरेन्द्र प्रसाद शाह लगायत कार्यसमिती पदाधिकारी र सदस्यज्यूको उपस्थिती रहेको थियो ।

कानूनी न्यायिक अध्ययन प्रतिष्ठानका महासचिव सन्तोष राउतले संचालन गरिएको उक्त कार्यक्रमको शुरुमा ज्ञान अज्ञात शहिदहरु प्रति एक मिनेट मौनधारण, राष्ट्रिय गानबाट प्रारम्भ गरिएको थियो । यसै गरी उपस्थिती महानुभावहरुलाई संस्थाका उपाध्यक्ष अधिवक्ता रामसुन्दर श्रेष्ठले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो । विमोचन कार्यक्रम माथि बरिष्ठ अधिवक्ता विश्व प्रकाश भण्डारीले प्रकाश पार्नु भएको थियो ।

नेपालको बर्तमान न्यायपालीका र यसको अवस्थाको बारेमा कार्यक्रमका प्रमुख अतिथी एवं पूर्व प्रधान न्यायाधिस सम्माननिय हरिकृष्ण कार्कीज्यूले आफ्नो धारणा प्रस्तुत गरी विश्लेषण गर्नु भएको थियो । यसै गरी संमग्र न्यायपालीकाको अवस्थाको बारेमा संस्थाका संरक्षक एवं बरिष्ठ अधिवक्ता पूर्व महान्याधिवक्ता मुक्तीनारायण प्रधानले आफ्नो विचार सहीत विश्लेषण गर्नु भएको थियो ।

यसै गरी मन्तव्य दिनुहुने महानुभावहरुमा डा. जनक शाह, बरिष्ठ अधिवक्ता एवं निवर्तमान नेबाए का अध्यक्ष बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बरिष्ठ अधिवक्ता रवि नारायण खनाल, बरिष्ठ अधिवक्ता सुरेन्द्र थापा तथा अधिवक्ताहरु डेकेन्द्र सुवेदी, मंगल महर्जन, अमर बहादुर थापा, शान्तीदेवी खनाल लगायतले आ–आफ्नो विचार सहित धारणा राख्नु भएको थियो ।

अन्तमा कार्यक्रमका सभापती एवं कानुन न्यायिक अध्ययन प्रतिष्ठानका अध्यक्ष कुमार योञ्जन तामाङले उपस्थिती प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुमा हार्दिक आभार व्यक्त गर्नु हुर्दे कार्यक्रमको समापन गर्नु भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!