Search

वायुसेवा निगमद्वारा जहाज लिलामीका लागि बोलपत्र आह्वान

वायुसेवा निगमद्वारा जहाज लिलामीका लागि बोलपत्र आह्वान

६ पुष, बाँपीझ्याला, काठमाण्डौं । नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । चीनबाट विसं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

पौडेलले भने, “जहाज लिलाम बिक्रीका लागि आज गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद रहेको छ ।” उनका अनुसार लिलाम बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएका जहाज तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेडमा रहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!