Search

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने : मन्त्री सुदन किराँती

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने : मन्त्री सुदन किराँती

५ पुष, बाँपीझ्याला, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका छन् ।​ आज बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका हुन् । नेपाल एयरलाइन्सले आजमात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो ।

सांसदहरूको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किरातीले दोषीलाई कारबाही गर्ने गरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिबद्धता जनाए । उनले वर्षमा २० करोडभन्दा बढी घाटा बेहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा बेहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताए ।

मन्त्री किरातीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गरे । उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए । मन्त्री किरातीले आफूलाई परिणाम दिने गरी काम गर्न मन लागेको भए पनि काम गर्न नपाएको बताए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!