४ पौष, बाँपीझ्याला, दोलखा । सोमबार दिन भरजसो सामाजिक सञ्जालमा एउटा वाक्य सहितको तस्बिर भाइरल बन्यो । उक्त भाइरल तस्बिर मुगुको सोरु गाउँपालिका स्थित खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुल्साकुमारी विश्वकर्माको थियो । तस्बिरकाे क्याप्सनमा लेखिएको थियो- दलितले छोएको औषधि नखाने भन्दै स्थानीयले गाउँ निकाला गरे ।
जातीय छुवाछुत सम्बन्धी यो तस्बिर बारे बुझ्न हामीले विश्कर्मालाई प्रत्यक्ष सम्पर्क गरेका थियौँ । तर, उनले आफूलाई गाउँलेहरूले निकाला नगरेको बताइन । ‘गाउँलेहरूले मैले छोएको औषधी नखाने र गाउँ निकाला गरे भन्ने कुराचाहिँ गलत हो,’ विश्वकर्माले भनिन् ‘तर केही मान्छेले भने दलितले छोएको औषधि नखाने भनेकै हुन् । यो कुरा एक-दुई महिना पहिलेकै हो ।
उनले उक्त कुरा आफूले घरपरिवारलाई भनेको स्वीकार गरिन । मुगुमा आएपछि स्वास्थ्य चौकी नजिकै कोठा सर्ने क्रममा परिवारसँग मात्रै सो कुरा गरेको थिए ‘मैले कहीँ कतै मिडियामा यस्तो कुरा गरेको थिइनँ । अहिले आएर कस्ले कसरी भाइरल गर्यो त्यो थाहा नभएको । मेरो घर दाङको तुल्सीपुर हो म मुगु आएको एक वर्ष भयो । मैले कोठा सार्ने कुरा आफ्नो घरमा गरेको थिएँ तुलसाले प्रष्ट पारिन ।
सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले उक्त घटना’bout जानकारी पाउने बित्तिकै आफू खनायाँ पुगेको र हिजाे मंगलबार विहान १० बजे जिल्लाका पत्रकार, प्रमुख जिल्ला अधिकारी, प्रनाउ,राजनैतिक दल र पीडित महिला सहित जिल्ला प्रशासन कार्यालयमा छलफल गरेको बताइन ।
छलफलमा पीडित भनिएकी महिलाले आफुलाई त्यस्तो कुनै दवाव नभएको बरु साँझ युवा केटाहरुले जिस्काइ दिने गरेको, घरवेटीले कोठा छोडन दवाव दिएको र यति दिन बस्दा केही नभन्ने अहिले आएर कोठा छोडन दवाव दिएपछि आफुले दलित भएकै कारण दवाव बढेको महसुस गरेको सुनाइन । आजको राजधानी दैनिकमा यो समाचार छ ।