Search

त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै

त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै

२ पौष, बाँपीझ्याला, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दैछ । दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनुहुने जनाइएको छ ।

समारोहमा २०७९ असार १ गतेदेखि २०८० जेठ मसान्त सम्मका स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण ७७ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन बताइएको छ ।

दीक्षान्त समारोहमा विश्वविद्यालयबाट विभिन्न तह र विषयमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरिँदैछ ।

यस वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदैछ । उनीहरूले राष्ट्रपतिको हातबाट प्रमाणपत्र तथा सम्मान पत्र पाउनेछन् ।

यस्तै एमफील र पीएचडी गर्ने ११३ जना विद्यार्थीलाई पनि राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने जनाइएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!