Search

सिमेण्टमा कार्टेलिङ गरी मूल्यवृद्धि तत्काल फिर्ता लिन महासंघको माग

सिमेण्टमा कार्टेलिङ गरी मूल्यवृद्धि तत्काल फिर्ता लिन महासंघको माग

कार्टेलिङ गरी हालै प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासंघले आज जारी विज्ञप्ति मार्फत् सार्वजनिक

१ पौष, बाँपीझ्याला, काठमाण्डौं । सिमेण्ट उत्पादनसँग सम्बन्धित् इन्धन लगायतका कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टको भाउ बढाइएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

सिमित सिमेण्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएकोमा आफने गम्भीर ध्यानाकर्षण भएको महासंघले आज जारी विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।

महासंघका महासचिव रोशन दाहालले आइतवार विज्ञप्ति जारी गरी खुल्ला अर्थतन्त्रको नीति विपरित गरिएको यस किसिमको अव्यवहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अपराध भएको उल्लेख गर्नु भएको छ ।

विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्तत ः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले स्मरण गराएको छ ।

म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन पनि महासंघले नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गरेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!