Search

एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न, भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला कमिटि चयन

एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न, भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला कमिटि चयन

१ पौष, बाँपीझ्याला, दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत चयन भएको छ ।

यसै गरी उपाध्यक्षमा अशोक कुमार दहाल र संगिता पाख्रीन सचिव मोहन थापा, उपसचिवमा प्रकाश कुमार केसी, बैकुण्ठ भण्डारी, ताम प्रसाद आपागाईसहित ९१ सदस्यीय जिल्ला संगठन कमिटि सदस्य सर्वसम्मत भएको छ ।

अधिवेशनको समारोहको उद्घाटन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुभएको हो । नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उपमहासचिव एवँ बागमती प्रदेशका इन्चार्ज गंगालाल तुलाधर, वागमती प्रदेश अध्यक्ष सावित्रा भुषाल, केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष माधव पौडेल,

पोलिट्व्युरो सदस्य शीव प्रसाद भण्डारी, केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने, महेन्द्र बहादुर कार्की लगायतका नेताहरु, प्रतिनिधि सभा सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की, कांग्रेस नेता एवं वागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले लगायतले समारोहमा सम्बोधन गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!