बालकृष्ण श्रेष्ठ “पासा”
समाचार लेख पढेर आउने प्रतिक्रिया धेरै देखियो,
दोबाटो ढुकेर गरिएका ती अन्तत्र्रिmया धेरै भेटियो ।
लेख्दैनन् जाने बुझेका कुरालाई खोलेर यहाँ सामु,
सज्जन बनेर अगाडि आउनेहरूलाई धेरै फेरियो ।
श्याबास भन्छन् सामु भेट्दा पछाडि हात उचाल्दै,
पापी पेटका लागि नै स्वाभिमान पनि धेरै बेचियो ।
माया सद्भाव त आश्वासन मात्र रहेछ कठै यहाँ,
‘हरामदेखि दैव पनि डराउँछ’ भने भैंm धेरै छेकियो ।
”ए हजुर !” भन्दै जिउनका लागि गर्नुपर्ने गुलामी,
स्वतन्त्र जन्मेर परतन्त्रको मायाजालले धेरै खेदियो ।
समाचार लेख पढेर आउने प्रतिक्रिया धेरै देखियो,
दोबाटो ढुकेर गरिएका ती अन्तत्र्रिmया धेरै भेटियो ।