Search

पूर्व गृहमन्त्री खाँण ७ महिना जेल बसेर छुटे

पूर्व गृहमन्त्री खाँण ७ महिना जेल बसेर छुटे

२९ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका छन् । उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छाड्न आदेश दिएका थिए ।

खाँणले आइतबार जिल्ला अदालत, काठमाडौंमा ३० लाखको बैंक ग्यारेन्टी बुझाए । त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको थियो ।

शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख धरौटीमा छाड्न आदेश दियो । खाँणले बैंक ग्यारेन्टी राखेका छन् । अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको प्रवक्ता नरहरि घिमिरेले बताए ।

अदालत, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट छुटेपछि खाँण थुनामुक्त भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!