२९ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । बारा जिल्लामा घटेका घटनाको सत्य तथ्य सूचना सही समयमा सञ्चारकर्मीहरुलाई उपलव्ध नहुने, सञ्चारकर्मीले आधिकारिकताका लागि सम्पर्क गर्दा प्रहरी प्रमुख एवं प्रवक्ताले फोन नउठाउने जस्ता गतिविधि पछिल्लो समय देखिदै आएको व्यवहार प्रति नेपाल प्रेस युनियन बाराद्वारा आपति जनाएको छ ।
पछिल्लो समय यही मंसिर २७ गते सिम्रौनगढ घटनालाई उल्लेख गर्दे समाचारको आधिकारिताका लागि जिल्ला प्रहरी कार्यालय, बारा पुगेका सञ्चारकर्मीहरु माथि बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले गरेको दुव्यवहार प्रति नेपाल प्रेस युनियन, बारा शाखा भत्र्सना गरिएको छ ।
नेपाल प्रहरीले जिल्लामा रहेको प्रहरी नायव उपरिक्षकलाई सूचना अधिकारीका रुपमा कार्य गर्न भनिएता पनि बाराका सूचना अधिकारी एवं प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सही समयमा कुनै पनि सूचना नदिने, सञ्चारकर्मीको फोन नउठाउने लगायतका कार्यले सही सूचना सम्प्रेषणमा कठिनाई भईरहेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसरी बारा जिल्लामा केही महिनादेखि शान्ति सुरक्षाको अवस्था खस्कदै गईरहेको विगतका घटनाबाट देखिन आएको छ । पछिल्लो समय राज्यबाट र गैर राज्य पक्षबाट विभिन्न घटना भईरहदा त्यस्ता घटनाको वास्तविकता र आधिकारिकता प्रहरी प्रशासनमा निहित रहन्छ ।
पत्रकारहरुले सही समयमा सूचना नपाउदा विभिन्न किसिमका समाचारहरु प्रकाशित प्रशारित हुँदा त्यसबाट पिडित पक्ष र राज्यपक्षलाई नै क्षति हुने भएकोले सही सूचना पाउने नैर्सिग अधिकारलाई कुण्ठित गर्ने काम प्रहरी प्रशासनबाट नगर्न नेपाल प्रेस युनियन, बारा जोडदार माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रमुखबाट नै भएको घटनाले पत्रकारहरु मर्माहित बन्दै गर्दा यस्ता आफ्ना बानी व्यहोरा र आचरण सुधार गर्न समेत यसै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउन चाहन्छु भनी नेपाल प्रेश युनियन जिल्ला शाखा अध्यक्ष श्यामबाबु प्रसाद यादवले एक बिज्ञप्ती जारी गरी सार्वजनिक गरिएको छ ।