२९ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । दोलखाका स्थानिय समाजसेवी पार्वती श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा काठमाण्डौं स्थित रिमा सेवा समाजलाई भोजनका लागि हिजो नगद रु १० हजार र जाडो मौसम छल्न पाल प्रदान गरेको छ ।
समाजसेवी श्रेष्ठ जो बोल्नमा तेज छ । जुनसुकै कार्यशैलीमा जुझारुपन, सामाजिक सम्बन्धमा समन्वयपन, व्यवहारमा अनुशासित र लगनशीलताले भरिएकी एक सक्षम र सबल व्यक्तित्व झल्केकी छिन् । सामाजिक सेवाका मनलाई साधुवाद छ । यसै गरी समाजसेवामा अग्रता कायम रहोस् ।