Search

एनसेलको शेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिले काम गर्न शुरु

एनसेलको शेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिले काम गर्न शुरु

२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । सरकारले गठन गरेको एनसेलको शेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिले काम गर्न शुरु ग¥यो ।

अध्ययन तथा छानविन समितीका संयोजक टङ्कमणि शर्माका अनुसार समितिले आइतबारबाट औपचारिक रूपमा काम थालेको हो। मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा छानबिन गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको थियो।

समितिले नियामक निकाय, सरकारी अधिकारी, सेवा प्रदायक कम्पनीसँग छलफल गर्नेछ। समितिले सरोकारवाला सङ्घ, संस्था, सम्बन्धित विषयका विज्ञसँग आवश्यक छलफल गर्ने संयोजक शर्माको भनाइ छ।

समितिले एनसेल शेयर खरिद–बिक्री सम्बन्धी तथ्यपरक जानकारी भए प्रमाणसहित पठाउन इमेल ठेगानासमेत दिएको छ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!