Search

पुस २७ गते रिलिज हुने “चित्रा” १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने

पुस २७ गते रिलिज हुने “चित्रा” १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने

२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित“चित्रा” ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेका छन् ।

फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का, अन्जना बराइली, प्रकाश घिमिरे तथा बाल कलाकार आयुशी ढकालको प्रमुख भूमिका रहेको छ ।

फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो । टिकट १० वर्षमुनिका बालबालिका लागि निःशुल्क भए पनि अभिभावकका लागि भने शुल्क लाग्नेछ ।

यो सँगै “चित्रा” नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा ३ वटा टिकट निःशुल्क पाउने घोषणा फिल्मका कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिए । उनले यो घोषणा व्यापारिक रणनीतिका लागि मात्र नभइ आफ्नो फिल्म धेरै भन्दा धेरै दर्शकहरूले हेरून् भन्ने उद्देश्यसँगै नेपाली बालबालिकाहरूलाई सानैदेखि नेपाली फिल्म हेर्नुपर्छ र साँच्चै राम्रा नेपाली फिल्मको कमी छैन भन्ने सन्देशका लागि गरेको बताए ।

यसले नेपाली फिल्मको प्रवर्द्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै यसले प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ,ु उनले भने, ुम आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।

ु“चित्रा” लाई आशिष थापा मगरले निर्माण गरेका हुन् । फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ भने संगीतकार राजनराज शिवाकोटी हुन् ।

महेश पौडेलले छायाँकन गरेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ । फिल्ममा पार्श्व संगीत शैलेश श्रेष्ठको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!