२४ मंसिर, बाँपीझ्याला, दोलखा । दोलखा उद्योग बाणीज्य संघ दोलखाको आयोजनामा यही पुस १३ गतेबाट सुरु हुन लागेको दोलखा महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोलखा आउने भएका छन् ।
आज आइतबार पूर्व मन्त्री विशाल खड्काको नेतृत्वमा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) पुष्प कमल दाहालसँगको भेटघाट पछी वहाँ महोत्सवको उद्घाटनको लागि दोलखा आउने प्रतिबद्धता जनाएको छ भनी दोलखा उद्योग वाणिज्य संघ दोलखाका अध्यक्ष इन्द्र श्रेष्ठले बताउनु भयो ।
महोत्सव दोलखा सदरमुकाम चरिकोटको स्थित टुडिखेलमा हुन लागेको हो । महोत्सव पुस १३ गतेदेखि २२ गते सम्म हुनेछ ।