Search

क्रिसमसको उपलक्षमा लमजुङमा सामूहिक भोज खाएका १ को मृत्यु, १८ जना बिरामी

क्रिसमसको उपलक्षमा लमजुङमा सामूहिक भोज खाएका १ को मृत्यु, १८ जना बिरामी

२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् । सुन्दरबजार नगरपालिका-९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए । भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो । बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाई छ ।

भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।

।।। हार्दिक अनुरोध ।।।
यहाँको घर परिवार, टोल छिमेकीसँग सम्वन्धीत कुनै आर्थिक, सामाजिक, भौतिक क्रियाकलापका बारेमा हामीलाई जानकारी उपलब्ध गराई दिनु हामी सम्वन्धीत पक्षको लागि समाचार बनाई सम्प्रेशन गरि दिन्छौं ।
हार्दिक धन्यवाद सहित !

बाँपीझ्याला डटकम परिवार
Email: [email protected] / [email protected]

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!