Search

मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भए मात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ : रामचन्द्र पौडेल, राष्ट्रपति

मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भए मात्र  संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ : रामचन्द्र पौडेल, राष्ट्रपति

२४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन्। ७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनु नपर्ने बताए।

सङ्घ, प्रदेश, स्थानीय तह र सामाजिक सङ्घसंस्था, सञ्चारमाध्यम तथा निजी क्षेत्रको सक्रियताबाट लैङ्गिक समानता र सामाजिक समावेशीकरणले नसमेटिएका समुदायको हकअधिकार, स्वतन्त्रता र न्यायको अनुभूति हुन सकेमा मात्र मानवअधिकार दिवसले सार्थकता पाउने राष्ट्रपति पौडेलको भनाइ छ।

व्यक्तिगत स्वतन्त्रता र लोकतान्त्रिक शासन प्रणालीलाई सारभूत बनाउने मानवअधिकारको महत्त्वपूर्ण पक्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्न राष्ट्रको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्नेमा जोड दिए।

।।। हार्दिक अनुरोध ।।।
यहाँको घर परिवार, टोल छिमेकीसँग सम्वन्धीत कुनै आर्थिक, सामाजिक, भौतिक क्रियाकलापका बारेमा हामीलाई जानकारी उपलब्ध गराई दिनु हामी सम्वन्धीत पक्षको लागि समाचार बनाई सम्प्रेशन गरि दिन्छौं ।
हार्दिक धन्यवाद सहित !

बाँपीझ्याला डटकम परिवार
Email: [email protected] / [email protected]

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!