२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् ।
शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् ।
अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहनामा हुन लागेको उनले बताएकी थिइन् । रेखाका श्रीमानको परिवार त्यहाँ बसोबास गर्दै आएको छ । काठमाडौंबाट बुधबार राती अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेका थिए ।
रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् । यसको अर्थ रेखा आगामी फिल्म ‘उपहार’को रिलिजको समयमा अमेरिकामै हुनेछिन् । भर्चुअल माध्यमबाटै फिल्मको प्रचार गर्ने उनको तयारी छ ।