Search

बाला चतुर्दशी शतबीज छर्ने : दोलखा भीमेश्वरमा तयारी

बाला चतुर्दशी शतबीज छर्ने : दोलखा भीमेश्वरमा तयारी

बाला चतुर्दशी शतबीज छर्ने हरेक वर्षको मार्ग कृष्णपक्ष चतुर्दशीको यस दिन बाला चतुर्दशी पर्व मनाइन्छ । यस दिनलाई मृत वरण गरेका पितृहरुको मोक्ष्यात्राको कामना गर्ने भएकोले यस दिनलाई अत्यन्त महत्वपूर्ण दिनको रुपमा लिइन्छ । विशेष गरी आमा बाबु नभएका छोरा छोरीले अथवा छोराछोरी नभएका आमाबाबुले (काज क्रिया गर्नेले) दोलखा शहर भित्रका सम्पूर्ण देवस्थलमा शतबीज छर्ने गर्दछन् ।

यस वर्ष बाला चतुर्दशीको अवसरमा दोलखा भीमेश्वरमा बत्ती बाल्ने दिन मंसिर २४ गते राती र शतबीज छर्ने दिन मंसिर २५ गते विहान पिङलको महादेव मन्दिरबाट र माथिल्लो टोल स्वयम्भु थानबाट शुरुहुने सम्वन्धीत सवैको जानकारीको लागि अनुरोध छ ।

भरत श्रेष्ठ
अध्यक्ष
तथा
भीमेश्वर व्यवस्थापन समिती, दोलखा

यो शतबीज छर्ने दिनको अघिल्लो दिन अर्थात मार्ग कृष्णपक्ष त्रयोदशीका रात दोलखा श्री भीमेश्वरमा दोललखा जिल्ला भित्र र बाहिरका विभिन्न स्थानहरुबाट भक्तजनहरु आई रातभर भीमेश्वरको परीसरमा रातभर वत्तीबाली जाग्राम बस्ने गर्दछन् । रातभर भीमेश्वर मन्दिरमा भक्तजनहरुको ठूलो घुईँचो लाग्दछ र आ–आफ्नै भाकाका भजन– कृतन गरेर रात विताउँदछन् । उक्त दिन पञ्चैबाजाका साथ विभिन्न स्थानहरुबाट भीमेश्वर मन्दिरमा बेलपात ल्याई चढाउने पनि गर्दछन् ।

बाला चतुर्दर्शीको विहान दोलखामा दुई समूहमा शतबीज छर्नेको समूहहरु हुन्छ । एउटा समूह तल्लो टोल, अर्को समूह माथिल्लो टोल । रातभर बत्ती बाली सके पछि विहान झिसमिसे मै व्रतवालहरु दोलखाका पवित्र पानीका धाराहरु वनारसी धारा र राइ वती (तीनधारा) मा गई नुहाइ धुवाइ गरी चोखो नितो भई कु–अन्न वाहेक विभिन्न शतबीजका सयैँ अन्नहरुमा धान, गहुँ, मास, मस्याङ, भटमास, कन्दमुलहरु, फलफूल, विभिन्न जातका फूलहरु आदि विउ विजनहरु (जमिनमा उत्पादन हुने उपलब्ध हुन सक्ने सयौँवस्तुका बीउहरु) जम्मा गरी महिला पुरुषहरु सहितले बाजा–गाजा, भजन सहित दोलखाका सम्पूर्ण देवस्थलहरु घुमेर शतबीज छर्दै हिड्छन् ।

यस दिन दुवै समूहमा दोलखा शहर बाहिर टाढा टाढाबाट आएका भक्तजनहरुले पनि आ–आफ्नो खैँजडी भजन सहित सतवीज छर्न सामेल भएका हुन्छन् । बाजा–गाजा, भजन किर्तन सहित तल्लो टोलको स्वयम्भु चैत्यबाट तल्लो टोलको समूह र माथिल्लो टोलका समुहले माथिल्लो स्वयम्भु चैत्यबाट शतबीज छर्न सुरुवात गरेर श्री भीमेश्वर, श्री त्रिपुरासुन्दरी, नाटेश्वर, हरसिद्धी, गणेश स्थान, मच्छिन्द्र नाथ मञ्जुश्री, (दाँइगर्ने डाडा), लगायत दोलखा शहरका सम्पूर्ण देवस्थलहरु घुमेर शतबीज छरेर हिँड्छन् । धार्मिक कथन अनुसार यस दिन सतवीज छर्नाले एक गेडा शतबीज छरेको एक टुक्रा सुन दान गरे बराबरको फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । अर्को प्रसंग अनुसार यस दिन यसरी पृथ्वीलोकमा छरिएको शतबीज पितृहरुको लोकमा गएर अङ्कुरण हुने र यिनै बीजहरुका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहिआएको छ ।

के हो त शतबीज छर्ने ? यस्तो छ किंवदन्ती :
बाला खासमा भन्ने हो भने एक असुर हो । उनका मिल्ने साथी ब्रिस थिए । बालाको स्वभाव घाटमा जलाउन ल्याएका शवहरु खाने र मृतकका आफन्तहरुलाई दुःख दिने तर्साउने गर्दथे । अति भए पछि मानिसहरुले त्यतिवेलाका राजालाई गुनासो गर्न पुगे । आफ्नो प्रजाको गुनासो सुने पछि राजाले ब्रिसलाई बोलाएर बाला असुरलाई मार्न आदेश दिए । हत्या गरौँ आफ्नो मिल्ने साथी ÷मित्रको कसरी हत्या गरौँ, नमारौ भने राजाको आदेश, ब्रिस विलखवन्धनमा परे । ब्रिस बढो फसादमा पर्छन् । अनि उनले अनकन्टार जङ्गलमा गएर शिवको आरधाना गर्छन्, तपस्या गर्छन् । उनको तपस्याबाट प्रसनन भएर भगवान शिवले मार्ग चतुर्दशीका दिन बालाको असुर प्रवृत्तिलाई नाश गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शतवीज छर्न लगाउँछन् । यहि दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ । त्यसैले यस दिन श्री भीमेश्वरलाई शिवको रुप मानी यहाँ बत्ती बाल्ने, भजन किर्तन गाउने परम्परा रहिआएको हो ।

संयोजन : भरत श्रेष्ठ, दोलखा

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment