२३ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । महालेखा नियन्त्रक कार्यालयले लेखा समुहका ५ सय ८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।
जसमा महालेखा नियन्त्रक कार्यालयले ३४ जना प्रमुख कोष नियन्त्रक र उपलेखा नियन्त्रक, १ सय २२ जना शाखा अधिकृत र ३ सय ५२ जना लेखापाल गरेर ५ सय ८ जना लेखा समुहका कर्मचारीको सरुवा गरेको हो ।
यसअघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखामा लेखा समुहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो ।