Search

बधाईका पात्र दोलखाली ५ स्रष्टा सर्जक !

बधाईका पात्र दोलखाली ५ स्रष्टा सर्जक !

अमरकुमार प्रधान
२०८० असारको अन्तिम हप्ता र साउनको अघिल्लो पक्षको बेलामा ५–५ जना दोलखाली स्रष्टाहरू अभिनन्दित भएको त्यो अवसरको स्मरणले आपूm दोलखाली भएकोमा अत्यन्त गौरव महशुस गदै आल्हादित मनले यो आलेख तैयार गर्ने जमर्को गरेको थिएँ । हुन त ताजा प्रशंसा सहित बधाई ज्ञापन गर्नुपर्ने समय व्यतीत भैसकेको छ किनकि ती स्रष्टाहरुले सम्मान सहित अभिनन्दित भएको ६ महिना नाघिसकेको छ । समय र परिस्थिति सुगम्य नहुँदा यो आलेख पस्कन केही ढिलाइ भएको पक्कै हो, तैपनि ती सम्मानित स्रष्टाहरूप्रति सादरता प्रकट गर्दै कलम अगाडि बढाउने अनुमति चाहन्छु ।

मदनदास श्रेष्ठ :
२०८० साउन १३ गते साहित्यिक पत्रकार संघले संस्कृतिविद जगमान गुरुङ, साहित्यकार हिरण्यकुमारी पाठक सँगसँगै बष्ठि कलाकार मदनदास श्रेष्ठलाई पनि अभिनन्दन गरेको थियो । वि.सं. २००५ असार १५ गते भीमेश्वर नगरपालिकाको वडा नंं २ अन्तर्गतको बिहार्छेँ टोलका माता रुद्रमाया श्रेष्ठ पिता नारायण श्रेष्ठका माइला सुपुत्रका रूपमा जन्मेका मदनदास श्रेष्ठले नाट्य कलाकै क्षेत्रमा समर्पित हुनाले औपचारिक शिक्षा आई.ए. सम्म अध्ययन गर्नु भएको छ ।

२०२१ सालदेखि अभिनय यात्रा प्रारम्भ गरेका मदनले २५ भन्दा बढी ठूलो पर्दाका चलचित्र, दर्जनौं टेली चलचित्र, ३ शयभन्दा बढी रेडियो नाटक, दर्जनौँ वृत्तचित्र आदिमा अभिनय गरी यो कलाको क्षेत्रमा स्थापित हुनु भइसकेको छ । उहाँको योगदानको कदर गरी ‘सर्वनाम’ पुरस्कार (२०४१, शुभराज्याभिषेक पदक (२०३२), सयपत्री फिल्म सम्मान (२०५३), सिनेयात्री सम्मान (२०५७), वीरेन्द्र ऐश्वर्य पदक (२०५८), बालकृष्ण सम पुरस्कार (२०५९), प्रबल गोरखा दक्षिणबाहु चौथो (२०६१), रेडियो सेवा स्वर्ण पदक(२०६१), चलचित्र अभिनय तारा (२०६२), रामराज पन्त पुरस्कार (२०६२), हरित तारा पुरस्कार (२०७६), नइ कीर्तिरत्न अलंकार(२०८०) द्वारा विभूषित हुनु भएको छ । सरकारबाट विभूषित उहाँ स्वयं पनि विभूषण समितिमा सदस्यको रूपमा रही उचित व्यक्तिलाई उचित पदक प्रदान गर्ने व्यक्तित्व भई काम गरिसक्नु भएको छ ।

दोलखाको भीमेश्वर नगरपालिकामा चलचित्र स्टुडियो फिल्मसिटी सरकार वैदेशिक सहयोगको साझा सरोकारबाट निर्माण गर्न लागिपरी पूर्वाधार तैयार भइसकेका छन् । अर्कोतिर उहाँको सामाजिक सेवा पनि चर्चायोग्य छन् । दोलखाबाट राजधानी आई रहेपनि दोलखाको लागि केही न केही गर्नु पर्दछ भन्ने उद्देश्यले २०२६ सालमा स्थापित कालिन्चोक युवा क्लवको सक्रिय सदस्य भएर साहित्यिक पत्रिका ‘आँखा’को प्रकाशन, दोलखाको बाल मन्दिर निर्माण, त्रिपुरा पुस्तकालय र भैरव लाइब्रेरी संयुक्त भई बनेको भीम पुस्तकालयको भवन निर्माण, द्वाल्खा गुठी कार्य समितिको सदस्य भई सुनकोशी जुरे पहिरो पीडितहरूलाई सहयोग, गौरी शंकर क्याम्पसलाई आर्थिक सहयोग जुटाउन महायज्ञको संयोजन, त्रिवेणी चर्णावती मन्दिर परिसरमा जेष्ठ नागरिकको लागि धर्मशाला निर्माणको लागि महायज्ञ संयोजन, जेष्ठ नागरिक समाजको अध्यक्ष भई एक कार्यकालमा जेष्ठ नागरिकको हक हितको लागि यथोचित सरकारी सुविधाको व्यवस्थापन गर्न पछि नपर्ने मदनदास थुप्रै संघ संस्थाबाट सम्मानित हुनुभएको छ ।
२०७९ चैत १८ गते कालिन्चोक युवा क्लवद्वारा द्वारिकामान स्मृति समाज सेवा पुरस्कारद्वारा पनि सुशोभित भएका छन् । वहाँको सक्रियता र सुस्वास्थ्यको लागि हार्दिक शुभकामना !


क्वान्टम प्रयोगवादी कवि डा. मधु माधुर्य :
आदिकवि भानुभक्तको २१०औं जन्मजयन्तीको उपलक्षमा विश्व नेपाली साहित्य महासङ्घ (विश्व केन्द्रीय समिति)ले २०८० असार २९ मा ‘विनेसाम शिरशोभा सम्मान’ द्वारा सम्मानित गर्यो जसका प्रमुख अतिथि हुनुहुन्थ्यो बरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस ।

२०२० साउन ३२ गते प्राचिन शहर दोलखा भी.न.पा. २ डोकुवली टोलमा माता चन्द्रदेवी र पिता श्यामकृष्ण श्रेष्ठका जेठा सुपुत्रका रूपमा जन्मेका मधुकृष्ण श्रेष्ठले तत्कालीन सोभियत संघ मास्को स्टेट सिभिल इन्जिनियरिङ्ग युनिभर्सिटीबाट इन्जिनियरमा विद्यावारिधि हासिल गरेका छन् ।

विद्यार्थी जीवनकालदेखि नै कविता कोर्न रुचि राख्ने मधुले आपूmलाई ‘माधुर्य’ उपनामले चिनाएका छन् । २०३७ अशोज ‘दोलखा सन्देश’मा परिवेश कविता पहिलो प्रकाशित रचना हो । उनको कविता कालिन्चोक युवा क्लवद्वारा प्रकाशित आँखा, तिलिंचो परिवारको चिमाल, विजय चालिसे, अमरकुमार प्रधान र तेजप्रकाशद्वारा प्रकाशित साँग्रिला आदिमा निस्के ।

सोभियत संघमा छँदा २०६२ अशोज देखि स्वतन्त्र नेपाल (फ्री नेपाल डटकम) वेभ पत्रिकाको संयोजन तथा प्रकाशन गर्दै हालसम्म पनि टुटाएका छैनन् । सोभियत संंघ (पछि रुसी महासंघ) छउन्जेल प्रबुद्ध साहित्य मनीषि कृष्णप्रकाश श्रेष्ठबाट उनले निकै साथ सहयोग पाइरहे ।

२०६० सालमा उनको कविता संग्रह ‘मैले खोजेको आकाश–धर्ती’ नेपाली शिक्षा परिषद्बाट प्रकाशित भयो । समयअन्तरमा उनी अमेरिका गए उनले आफ्नो कवितालाई ‘क्वान्टम साहित्य’ को नाम दिन चाहे । गुगलमा खोज्यो भने ९ब् त्रगबलतगm ष्क तजभ कmबििभकत मयकअचभतभ गलष्त या ब एजभलयmभलयल० भनेको छ । क्वान्टम चेतना, क्वान्टम दर्शन, क्वान्टम आयाम भैंm क्वान्टम साहित्य पनि हुन्छ र हुनु पर्दछ भने आग्रह कवि मधु माधुर्यको रहेको छ ।

एउटा विस्तृत अन्तर्वार्तामा उनले प्रष्ट पारेका छन् : ‘जीवन र जगत्को प्रकृतिको बहुआयामिक छ,… यही दृष्टिकोणलाई आधार मानेर अघि बढिरहेको क्वान्टम साहित्यले काव्य–तत्त्वलाई सृजनाको प्रण वा पहिलो झिल्को मान्दछ भने अनुभूति वा भावनाहरूको तरंग (त्तगबलगm) लाई सशक्त रूपमा अभिव्यक्त गर्दा निर्वाह हुने कला–पक्ष र भावको गहिराइ (उचाइ) लाई पनि यसले अपरिहार्य आयामहरूको रूपमा हेर्दछ ।’

अध्यात्म विज्ञान र क्वान्टम दर्शनको सोधनीमा कवि मधु माधुर्यको तर्क छः ‘स्रष्टा छ र त सिर्जना छ र स्रष्टा छैन भने विज्ञानले प्रमाणित गरि देखावस् पनि भनिन्छ ।… जीवन रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलिरहेको सकारात्मक उदाहरणहरू देख्न सकिन्छ, महात्मा गान्धी, नेल्सन मण्डेला, आईज्याक न्युटन र अल्बर्ट आइन्स्टाइन जस्ता व्यक्तिहरूले आध्यात्मिक सोचलाई पूरै नकार्न सकेका थिएनन् ।’

कोभिडको महामारी कालमा बन्दाबन्दीको अवस्थामा ँचभभ ल्भउब।िअयmको डिजिटल साहित्यिक प्रस्तुति जुम मार्पmत सामयिक सामाजिक सिर्जना श्रृंखलामा आफ्ना भाइ ज्ञानु श्रेष्ठ (जो अमेरिकाकै कनेक्टिकामा बसि आएका छन्) को सहयोगले सञ्चालन गरे जुन ५०औं श्रृंखला पुगिसकेको छ ।https://www.facebook.com/LalBhairabResort

सन् २०१५मा डा. सगुन श्रेष्ठ (हाल आयरल्याण्ड) को संयोजनमा ‘ ज्ष्mबबिथबल त्ष्mभक’ मा प्रकाशित डिजिटल आलेखमा ‘ब्ल भ्हउभचष्mभलत धष्तज त्रगकलतगm उयझ’ पनि उल्लेख्य छ । साहित्य पोष्ट डट कम २०७८ जेठ २ गते प्रकाशित अन्तर्वार्तामा मधु माधुर्यले ‘क्वान्टम साहित्य बनिरहेको नयाँ राजमार्ग हो,’ भनी किटान गरेका छन् ।

विदेशमा रहे पनि नेपाली साहित्यको स्थापित मान्यता र प्रचारमा मानक योगदान पुर्याईरहन यो सम्मानले अझ घच्घच्याइरहोस् भन्ने कामना !

प्रतिभाशाली रवीन्द्र तामाङ :
भनुजयन्तीकै दिन नेपाल सरकार पर्यटन तथा संस्कृति मन्त्रालयले रु. ५० हजार रुपैयाँ को प्रतिभा पुरस्कार रवीन्द्र तामाङलाई प्रदान गर्यो । दोलखा भीमेश्वर नगरपालिका चोथाङ निवासी के.बी.सिं लामा तामाङ र कालिका तामाङका जेष्ठ सुपुत्र रवीन्द्रको जन्म २०२२ साल चैत्र १७ गते भएको हो । लोक सेवा आयोगको परीक्षा दिई मुखिया जागिर भई पढाइलाई पनि निरन्तरता दिई उच्च शिक्षा हासिल गरी शाखा अधिकृतसम्मको निजामति सेवा गरी अवकास प्राप्त रवीन्द्र तामाङले विशेषतः तामाङ जातिकै संस्कृति र भाषाका पुस्तकहरू लेखी प्रकाशित गराएका छन् ।

‘तामाङ रिमठिम’, ‘तिमाल जात्रा’, ग्यावकहरूको पुख्र्यौली थलोः चोथाङ’, ‘तामाङ चाडपर्व पूजाहरू’, ‘मुग्लानरी’ (मातृभाषाको एकाङ्की), तामाङ जातिको ऐतिहासिक रूपरेखा, तामाङ थर, प्राचीन तामाङ राज्य, तामाङ लोक कथा सँगालो, पचासवर्ष रवीन्द्र तामाङ, ग्याबा वंशावली अहिलेसम्मका उनका कृतिहरू हुन् । ‘प्रतिभा साहित्यिक नेपाली पत्रिका र तामाङ भाषाको ‘लास्सो पत्रिका’ पनि उनले सम्पादन गरेका छन् । ‘प्रतिभा सर्मह बानेश्वर’गठन गरी वर्षै पिच्छे बरिष्ठ र कनिष्ठ क्यक्तित्वलाई सम्मान गर्ने प्रचलन पनि आरम्भ गरे ।

यही क्रममा कथा लेखन, पत्रपत्रिका सम्पादनमा मेरो पनि योगदानको कदर गरी २०५८ सालको ‘प्रतिभा’ सम्मान दिने घोषणा भएको थियो । प्रमुख अतिथि हुनुहुन्थ्यो जनकवि केशरी धर्मराज थापा । मेरो कृतित्वको बारेमा बरिष्ठ कवि कृष्णप्रसाद पराजुलीले प्रकाश पार्नु भयो । मसंग त्यतिबेला मैले आंशिक अध्यापन गर्ने ‘आदर्श कन्या क्याम्पस’का दुई छात्रा सृजना शाक्य र कविता तण्डुकार र अनि मेरो श्रीमती शशी थिए । विशेष अतिथिमा अर्का कवि शैलेन्द्र साकार पनि हुनुहुन्थ्यो ।

वरिष्ठतम् कथाकारको रूपमा परशु प्रधानलाई सम्मान गरिने घोषणा भएको रहेछ तर उहाँले द्रव्य विनाको भएर होला सम्मान लिन आउनु भएन । ‘प्रतिभा सम्मान’ सम्पन्न भयो । तर परशु प्रधानजीको त्यो व्यवहारले होला, ‘प्रतिभा समूह’ले प्रतिभा सम्मान’ दिन बन्द गर्यो । प्रतिभा पत्रिका प्रकाशन हुन छोडी ‘प्रतिभा समूह’ पनि इतिहास मात्र भयो । नगद विनाका थुप्रै सम्मान आज पनि प्रचलित छन् तर दूई दशक अगाडिको एउटा स्वनामधन्य साहित्यकारको क्रियाकलापले भर्खर अंकुरित पालुवालाई निमोठियो जस्तो मलाई लागेको छ । ‘तामाङ रीमठीम’ छाप्न त्यो बेला सञ्चयकोषबाट रु. २० हजार निकाल्ने रवीन्द्रलाई अहिले प्रदान गरेको वागमती प्रदेश पुरस्कारले आर्थिक लाभ के पुर्याउँछ र !

यस अघि ‘फ्याफुल्ला पुरस्कार (२०५८), राष्ट्रिय उतकृष्ट तामाङलेखन तथा पत्रकारिता पुरस्कार (२०६६) संगसंगै अहिलेको पुरस्कारले आफ्नो क्षेत्रमा कृतसंकल्पित हुन घच्घच्याइरहोस्ः शुभकामना !

मोफसलका कवि विष्णु सुवेदी :
भानुभक्तको २१०औँ जन्मजयन्ती दोलखामा पनि विशेष उत्साहका साथ मनाउँदै दोलखा संस्कृति प्रतिष्ठानद्वारा कवि विष्णु सुवेदीलाई नगद ११ हजार १ सय ११ रुपैयाँको भानु–ؘविद्यापति पुरस्कारद्वारा पुरस्कृत गरियो ।

पिता इन्द्रप्रसाद सुवेदी र माता इन्द्रमायाका सुपुत्रका रूपमा भीमेश्वर नगरपालिका वडा नं. २ राम्पा चाथलीमा २०२६ असार २७ गते जन्मेका विष्णु सुवेदी आइ.ए. सम्मका शिक्षा हासिल गरेका छन् ।
प्रारम्भमा साहित्यिक पत्रिकाका सम्पादकमा क्रियाशील थिए । ‘शैलुङको सूर्य’ ‘पौरख’ र ‘दोलखा दर्पण’को प्रकाशनमा संलग्न सुवेदीको कविता सङ्ग्रहहरू ‘ती पूmलहरू खै ?’, ‘विधवा भाउज्यूहरूको देश’, ‘बूढो माझी’ शीर्षकका कविताहरू प्रकाशित छन् भने ‘सपना माथि उभिएर’ संयुक्त कविता सङ्ग्रह पनि निस्केको छ ।

दोलखालाई नै आफ्नो कर्मक्षेत्र बनाएका सुवेदी दोलखा जिल्ला प्रगतीशील लेखक संगठन, जमर्को साहित्यिक यात्रा दोलखा, इन्द्रेणी साहित्य समाज काठमाडौं, नागार्जसन साहित्यिक समाज, नेपाल पत्रकार महासंघ दोलखा, जनमत साहित्यिक प्रतिष्ठानसंग आबद्ध छन् ।

सुवेदीले क्रियाशील पत्रकारिता पुरस्कार (२०५७), साहित्य सिर्जना पुरस्कार (२०५८), नवतरङ्ग साहित्यिक सम्मान (२०६५), विष्णुलक्ष्मी साहित्य पुरस्कार (२०६८) प्राप्त उनी यो पछिल्लो पुुरस्कारबाट झन् बढी उत्साहित भएका छन् । उनको उर्जाशील सृजनालाई बढी प्रेरणा मिलोस् सततः कामना !

अन्तर्राष्ट्रिय पुरस्कार पुरस्कार विजेता निबन्धकार श्रीबाबु कार्की :
दोलखा तामाकोसी गाउँपालिका वडा नं. २ झुलेमा माता हेमकुमारी र पिता सुदर्शन कार्कीको सुपुत्र श्रीबाबु कार्कीको जन्म २६ चैत्र २०३३मा भएको हो । स्नातकसम्म शिक्षा हासिल गरेका कार्कीको पहिलो रचना कविता २०४७मा रेडियो नेपालबाट प्रसारित भएको थियो । उनकाृ कृति सिर्जना कविता, निबन्ध र बाल साहित्यमा छ ।

हालसम्म प्रकाशित कृतिहरू च्यापिएको मुस्कान (कविता सङ्ग्रह २०५६) समय–बाछिटा (लघुकथा सङ्ग्रह २०६१), यतिको कथा (बालकथा सङ्ग्रह २०६६), रमाइलो चरीगाउँ (बालकथा सङ्ग्रह २०६९), जराका अनुहार (डिजिटल कविता सङ्ग्रह २०६९) र सन्दिग्ध शताब्दी (निबन्ध सङ्ग्रह २०७९) हुन् । यो बधाई पत्र तैयार गर्दागर्दै श्री बाबु कार्कीलाई नारी स्रष्टा समाज विराट नगरद्वारा कविराज सम्मान २०८०को साथै नगद रू. ११ हजार समेत प्रदान गरेको छ ।

यसका अतिरिक्त उनले जिजीविषा द्वैमासिक दोलखा, साझा बिचार साप्ताहिक काठमाडौं, विजेता मासिक काठमाडौं, विजेता मासिक काठमाडौं, दोलखा समकालीन साहित्य, कौशिकी (दोलखा अंक) नेपाली लघुकथा, लघुकथा समाज नेपाल, कविता (ने.प्र.प्र. ५ वर्ष) सम्पादन गरेका छन् ।

पुरस्कार तथा सन्मानको क्षेत्रमा नवौं राष्ट्रिय चित्रकला प्रतियोगिता प्रथम –शिक्षा मन्त्रालय (२०४७), दोलखा जिल्ला स्तरीय कविता प्रतियोगिता प्रथम (२०५८, प्रो–पब्लिक राष्ट्रव्यापि कविता प्रतियोगिता–प्रथम (२०५८), उपत्यका अन्तर क्याम्पस कविता प्रतियोगिता प्रथम (२०६०), रेयुकाई नेपाल राष्ट्रव्यापि लघुकथा उत्कृष्ट (२०६०), विष्णुलक्ष्मी साहित्य पुरस्कार (२०७४), बाट विभूषित भइका छन् । ‘सन्दिग्ध शताब्दी’ निबन्ध सङ्ग्रहको लागि अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली समानद्वारा यू.एस. डलर १ हजार (बराबर) बाट पुरस्कार दिइने घोषणा भइसकेको छ । जुन दोलखाको लागि गर्वको कुरा हो ।

भी.न.पा.–२, दोलखा, हाल झम्सिखेल, ल.पु. ३

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!