Search

‘हाथ्वँ’ फिर्ता आउने भो त ?

‘हाथ्वँ’ फिर्ता आउने भो त ?

प्राचीन शहर दोलखाबाट २०५० फाल्गुण २२ गते र २०५१ फाल्गुण २४ गते नक्छेँ मि (प्रधान परिवार) को कूलघर (देउकुठा) बाट २ वटा हाँथ्व मूर्ति हराएको थियो । करिब ३० वर्ष अगाडि प्राचीन दोलखा बजारको नक्छेँमि प्रधान परिवारको कुलघरबाट हराएको धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा प्राचीन महत्वका २ वटा हाँथ्वो देउ (भैरव मास्क) चोरी भएको मूर्ति विदेशी भूमिबाट फिर्ता आउने भएको छ ।

भी.न.पा.–२ दोलखा शहरको तल्लो टोल जसलाई परम्परागत साँस्कृतिक एवं ऐतिहासिक वस्ती त्यही वस्तीको तत्कालीन पञ्चायत घरको दलानमा राखेर सो ‘हाथ्वँ’ अर्थात् भैरवको ठूल्ठूला २ वटा मूर्ति लगायत टुटे फुटेका काठ र पत्थरको मूर्तिहरू इन्द्रजात्राको द्वादशीको दिनमा प्रदर्शन गरिन्थ्यो ।

उक्त २ वटा ठूला मूर्ति हराएपछि नक्छेमिको जात्राको निरन्तरतामा पूर्णविराम लागेको थियो । अहिले सो दुवै मकुण्डो मूर्ति विदेशी संग्राहलयमा फेला परेर फिर्ता आउने क्रममा छ । लस्ट्स् आर्टस् अफ नेपालसँगको सम्पर्क पश्चात यी २ मूर्ति फिर्ता अभियान अगाडि बढेको हो ।

अनिलचन्द्र श्रेष्ठसँग संकलित पुराना तस्वीर, बालकृष्ण श्रेष्ठ पासाको बाँपिझ्याला डटकम अनलाइन पत्रिकामा प्रकाशित लेखको आधारमा लस्ट्स आर्र्टस् अफ नेपालको अथक खोज तथा अनुसन्धानपछि २ वटा अमेरिकास्थित रुबिन म्यूजियममा र अर्काे १ वटा अमेरिकाकै डल्लास म्यूजियममा रहेको उक्त २ भैरव मूर्तिहरू दोलखास्थित नक्छेँ प्रधान परिवार कै हो भन्ने यकिन भएको थियो ।

तत्पश्चात् नेपाल सम्पदा पुनसर््थापना अभियानका सचिव सञ्जय अधिकारी, लस्टस् आर्टस् अफ नेपाल, दोलखा नक्छेँमि प्रधान परिवारका जेष्ठ नागरिक थाकती यज्ञकुमार प्रधान, अनिलचन्द्र श्रेष्ठको सक्रियतामा आवश्यक प्रमाणहरू जुटाउने तथा समय–समयमा सम्बन्धित अमेरिकी निकायहरूसँग अनलाइन छलफल हुँदै आइरहेको थियो ।

करिब १६ महिनाको निरन्तर मेहनत, प्रयासपछि आज अमेरिकास्थित नेपाली राजदूतवासलाई हस्तान्तरण भएको छ । अब केही समय पश्चात् नेपाल आइपुग्ने छ । करिब वि.सं. २०७९ भदौ महिनाबाट शरुु भएको यो मूर्ति फिर्ता अभियान अब आफ्नो घरफिर्तीको संघारमै आइपुगेको छ । यस महत्वपूर्ण कार्यका लागि अहोरात्र लागीपर्नुहुने नेपाल सम्पदा पुनस्र्थापना अभियानका सञ्जय अधिकारीज्यू Sanjay Adhikari  र लस्टस् आर्टस् अफ नेपाली Lost Arts of Nepal प्रति दोलखालीहरू सदा ऋणी रहनेछ्न् ।

कृतज्ञता तथा धन्यवादः Anhattan District Attorney, Consulate General of Nepal in New York, USA, परराष्ट्र मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक मन्त्रालय तथा फिल्डमा गएर काम गर्ने पुरातत्व विभागको अधिकारीहरू, स्थानीय सहयोगी महानुभावप्रति ।

एकताका आपूmलाई दोलखाली भनेर पहिचान दिलाउन पनि पन्छिएर हिँड्नु पर्ने अवस्था आएको थियो । कारण थियो दरिद्र द्रव्य लोभीहरूको गलत कुकृत्य र चरित्रहिन् व्यवहारले । छिट्टै धनी भएर ठूलाठूला शहरमा आलिशान महल बनाएर आफ्नो कुकुरमुखी अनुहार लुकाउन प्रवेशद्वारमा …Beware of Dog को संकेत पाटी झुण्ड्याएर एउटा पाले राखेर धनाढ्य, सभ्य र महान दानी समाजसेवी अनि समाजका वरिष्ठतम् व्यक्तिको हिसाबले परिभाषा दिलाउने गर्थे रे, सितिमिति मान्छेलाई सो भवनको मूल ‘गेट’ (?) बाट भित्र प्रवेश गराउन पनि समय मिलाउनु पर्ने रे, त्यस्तै व्यक्तिहरूको प्रशंसा गर्दै पूmलमाला लिएर स्वागत गर्न दोबाटामा कुरेर बस्नु पर्ने रे,… कुरा सुन्दा र सम्झेर ल्याउँदा पनि घीन लागेर आउँछ अचेल ।

त्यही व्यक्ति जो अहिले विरक्तिएर कोही पलायन, कोही विलायन र कोही सलायनको सहारामा बाँचिरहेका होलान् । हैन कुन मुखले ममः (?) भन्न सकेका होलान् । यसरी प्राचिन शहर दोलखालाई माया गर्ने तरिका पनि त्यस्तो अचम्म लाग्दै भएन र भन्या ? कोही मच्छिन्द्रनाथको (धर्मासी) भैरव काठ नै लुकाउन खोज्ने, कोही देउतालाई चढाएको बोका नै गायब गरेर जङ्गलमा वनभोज खाने, कोही चोरिएको मूर्ति बोक्दा पाएको ज्याला नै चोरेर टाप कस्ने, अझ कोही मूर्ति सुनको नभएर नबिके पछि करेसा बारीमा फालेर सद्दे तमासे बन्ने यो चन्दा घीन लाग्दो कार्य अरु नै के होला र ?

त्यसताका जतिबेला काठमाडौ. उपत्यकाको तीनै शहरमा मूर्ति चोरीको महामारी रोग पैmलिएको थियो अर्थात् २०४८–२०५२ सालतिर । त्यो बेला अमूल्य धातु मात्र होइन पत्थरको मूर्ति समेत बाँकी राखेका थिएनन् । हरेक दिन रेडियो नेपालबाट समाचार सुन्दा प्रमुख समाचार नै यस्तै मूर्ति हराएको, बालिका बलात्कृत भएको यस्तै यस्तै खबर सम्प्रेषण हुन्थ्यो । त्यही मूर्ति चोरिको रोगले प्राचीन शहर दोलखा पनि अछूतो रहन सकेन ।

संयोजन: बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!