Search

द्वाल्खा गुठीको संयोजकत्वमा दोलखाली संघ संस्थाको बैठक सम्पन्न, माघ २० गते सामूहिक बनभोज कार्यक्रमको आयोजना गर्दै

द्वाल्खा गुठीको संयोजकत्वमा दोलखाली संघ संस्थाको बैठक सम्पन्न, माघ २० गते सामूहिक बनभोज कार्यक्रमको आयोजना गर्दै

१८ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । प्राचिन शहर दोलखाको सबैभन्दा पुरानो दोस्रो सामाजिक संस्था द्वाल्खा गुठीको संयोजकत्वमा आज काठमाण्डौं नयाँ बजार स्थित एवान क्याफेमा दोलखाली संघ संस्थाहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।
उक्त संयुक्त बैठकले २०८० सालको माघ महिनाको २० गते शनिबार भीमेश्वर नगरपालिका वडा नं. २ दोलखाबाट काठमाडौ उपत्यका लगायत दोलखा भन्दा बाहिर जहाँ कहीं बसेका र रहेका बासिन्दाहरु, संघ संस्थालाई समेटेर वनभोज कार्यक्रमको आयोजना गर्ने सर्वसम्मतीले निर्णय गरिएको छ ।

गुठीका अध्यक्ष विनोद मास्केको अध्यक्षतामा बसेको सो बैठकमा द्वाल्खा गुठी, कालिन्चोक युवा क्लव, द्वाल्खा म्यासमुचा खलक, समकालीन एकता समाज नेपाल, साथी कल्याणकारी समूह, छिजी द्वाल्खा डोबर, नेवाः देय् दबू दोलखा जिल्ला समिति, नेवाः देय् दवु स्वःनिग सम्पर्क समितिका अध्यक्ष र बाँपीझ्याला डटकमका प्रतिनिधिको सहभागितामा सो बैठक सम्पन्न भएको थियो ।
सो बैठकबारे वनारसी सहयोगी हातहरू, साथीका साथी र पाठशाला समूह लगायत अन्य संस्थाहरूलाई आमन्त्रण गरिएको भएतापनी समय अभावको कारणले उपस्थिति जनाउन नभ्याएको थाहा भएको छ ।

विगत केही वर्ष यता दोलखाली सामाजिक संघ संस्था र एकल समूहले भिन्नाभिन्नै वनभोज कार्यक्रम गर्ने गर्दा सबै दोलाखली अभिभावक, नातागोता तथा इष्टमित्र र शुभचिन्तकहरू एउटै छानामा भेला हुन असम्भव भएकोले यो वर्ष सबै दोलखालीलाई एउटै स्थलमा भेला गराउने थाहा भएको छ ।

यसै गरी उक्त बनभोज कार्यक्रममा मनोरञ्जन दिने लिने र दोलखाको सामूहिक सामाजिक कार्यमा बृहत छलफल गर्ने उद्देश्यका साथ सबै सामाजिक संघ संस्था हरेक एकले एक एक जिम्मेवारी लिएर एकै स्थलमा वनभोज गरी जन्मस्थल दोलखाको विकास र प्रगतिमा ह्रास हुँदै गएको वर्तमान अवस्थालाई समून्नत र उद्यमी बनाउन विशेष कार्यविधि सहितको छलफल पनि समावेश गर्ने गरी यो वनभोज गर्न लागिएको कुरा द्वाल्खा गुठीका अध्यक्ष विनोद मास्के र महासचिव उपेन्द्र प्रधानले आ–आफ्नो अभिव्यक्ती सहित एजेण्डा राखी छलफल गरिएको थियो ।

उक्त बैठकमा उठेका एजेण्डाप्रति सहमति जनाउदै कालिञ्चोक युवा क्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठ, नेवाः देय दबूका केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठ, नेवाः देय् दबू दोलखा जिल्लाका अध्यक्ष देवेन्द्र नारायण प्रधान, द्वाल्खा म्यासमुचाकी उपाध्यक्ष अन्नपूर्ण श्रेष्ठ, सचिव अनु डंगोल, साथी कल्याणकारीकी अध्यक्ष यजु श्रेष्ठ, छिजी द्वाल्खा डोबरकी उपाध्यक्ष कल्पना श्रेष्ठ महर्जन, समकालीन एकता समाजकी सदस्य पुष्पा जोशी, बाँपीझ्याला डटकमका सह–सम्पादक बालकृष्ण श्रेष्ठ र समाजसेवी कृष्ण नयन श्रेष्ठले आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए ।

साथै आजको सो बैठकले वनभोज तैयारी समितिका लागि द्वाल्खा गुठी संयोजक, कालिञ्चोक युवा क्लवलाई कार्यक्रमका कार्यविधि व्यवस्थापन, द्वाल्खा म्यासमुचा खलक आर्थिक संयोजन र बाँपिझ्याला डटकमले प्रचार प्रसारको जिम्मा लिएको कुरा अवगत भएको छ । यसै गरी उक्त बनभोज आयोजक समितीको सदस्यहरुमा बनारसी सहयोगी हातहरु, समकालिन एकता समाज नेपाल, छिजि द्वाल्खा डोबर, साथीको लागि साथी, साथी कल्याणकारी समूह, पाठशाला ग्रुप र लायन्स क्लव अफ दोलखा रहेको छ ।

यसरी माघ २० गते शनिवारका दिन हुन गईरहेको बनभोज कार्यक्रमको बिस्तृत विवरण र स्थान आयोजक समितीले निर्धारण गरी सकेपछी बाहिर प्रचार प्रसारमा ल्याईने सहमती सहीत आजको बैठक सम्पन्न गरिएको छ भनी गुठीका अध्यक्ष मास्केले बताउनु भयो ।

उक्त बनभोज कार्यक्रममा सम्पूर्ण दोलखावासीहरुको सहभागीता गराउनेमा आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बचनबद्धताका साथ आजको बैठक सम्पन्न गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!