१७ मंसिर, बाँपीझ्याला, दोलखा । अन्तर्राष्ट्रिय छाता संगठनको रुपमा स्थापना रहेको लायन्स ईन्टरनेसनल क्लब अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालको बैठक दोलखाको सदमुकाम चरिकोटमा भईरहेको छ । मानव सेवालाई प्राथमिकतामा राखी गतिविधि गर्ने क्लबको दोस्रो क्याबिनेट बैठक हिजो शनिबार चरिकोटमा आयोजन गरिएको हो । होटल एम्ब्रोसियामा सुरु भएको बैठकको उद्घाटन भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मानन्धरले दोलखामा बैठक राखेर जिल्लाको गरिमा बढाईदिनुभएकोमा आयोजकलाई धन्यबाद ब्यक्त गर्दै दोलखामा लगानी गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता लाईन्सका डिष्ट्रिक गर्भनर रमेश कुमार लामाले गर्नुुभएको हो ।
लाईन्स क्लब अफ काठमान्डौ गौरीशंकरका अध्यक्ष रबिन्द्र नारायण श्रेष्ठका अनुसार दोलखाको पर्यटन प्रबद्र्धनमा सहयोग पू¥याउने उद्देश्यले दोलखाको सदरमुकाम चरिकोटमा क्याबिनेट बैठक आयोजना गरिएको र बैठकमा लाईन्सले गरेका गतिबिधि र गर्ने गतिबिधि बारे बैठकमा छलफल भएको बताउनु भयो ।
वहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरको यो क्लब अन्तर्गत डिस्ट्रिक्ट ३२५ डि नेपालका ७७ क्लबको सहभागिता रहेको छ । लाईन्सले गत बर्षादमा दोलखाको गौरीशंकर गाउँपालिकाका पहिरो पिडितलाई पनि उल्लेख्य राहत बितरण गरेको थियो । लाईन्स देशकै सामाजिक कार्य गर्ने मध्येको ठुलो संस्था हो ।
यसै गरी जाजरकोटको भुुकम्प पिडितहरुलाई पनि ठुलै मात्रामा राहत प्रदान गरेको छ । कार्यक्रममा उल्लेखनिय योगदान पुु¥याएको भन्दै बिभिन्न क्लबलाई समेत सम्मान प्रदान गरिएको छ ।