Search

खानेपानी मन्त्री मेलम्चीमा पानीको हाहाकार काठमाडौंमा

खानेपानी मन्त्री मेलम्चीमा पानीको हाहाकार काठमाडौंमा

१६ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । काठमाडौंका बासिन्दालाई पानीको समस्या नहोस् सबैले सहज रूपमा प्यास मेट्न पावस् भनी तत्कालीन प्रधानमन्त्री दिवंगत कुष्णप्रसाद भट्टराईको परिकल्पनाले अहिलेसम्ममा सहानुभूतिको सपना बुन्दै ठेकेदार, इन्जिनियर, प्राविधिज्ञ र कामदारहरूले पेटपूजा गर्न पाए तर काठमाडौंका बासिन्दाले ‘मेलम्ची’को नाम जप्दै महँगो जारको पानी पिउन बाध्य भएका छन् ।

आर्थिक मन्दी दलाली व्यापारीलाई मात्र लाग्दो रहेछ, भ्रष्टनीति अपनाउनेहरूकालागि र काला बजारी गरेर अनगिन्ती नोट थुपार्नेहरूको घरमा मन्दी नलाग्ने रहेछ । अझ स्वभाविक रूपमा स्थानीय बासिन्दाहरूलाई (काठमाडौंबासी) मन्दीले घाँटी र पेट सुक्दा पनि राज्यले धेरै सुविधा दिएको छ, जनताको लागि कल्याणकारी काम भैरहेको छ भन्दै समाचार सञ्जालमा भ्रम पैmलाउन पछि परेका छैनन् ।

मेलम्चीको पानी विगतमा काठमाडौं आइपुग्दा हो न हो तत्कालीन सरकारले काठमाडौंबासीको चाहना पूरा गरेरै छाडे भन्दै गुणगान गरेका थिए । तर दैवीय प्रकोपका कारण मेलम्चीको ड्याम समेत क्षतविक्षत गरेर मेलम्चीका बासिन्दालाई समेत घर न घाटको बनाउदै बाढीले तहसनहस पारेर समतुल बनायो । आज त्यसैलाई कारण बनाउँदै कमिशनतन्त्रको हाबि भैरहेको छ जस्तो लाग्छ । नेपाल निर्माण व्यवसायी संघ पनि कहिले प्रविधि, कहिले प्राविधिज्ञ र कहिले सामग्रीको अभावको कारण जताउँदै हात काखीमुनि लुकाएर मुखमा दही जमाएर बसेका छन् ।

यस्तो अवस्थामा जनप्रतिनिधिहरू, मन्त्रालयका मन्त्री लगायत विभागीय अधिकृतहरू मात्र मेलम्ची पुगेर निरीक्षण गर्दैमा मेलम्चीको भग्नावशेष मुहान, ड्याम, सुरुङ र पर्खाल बन्दैन होला । निरीक्षणका साथमा यथाशीघ्र निर्माण थाल्नका लागि वैकल्पिक उपाय अपनाउनु पर्ने हो । यस्तो अवस्थामा कि त सम्बन्धित मन्त्रालयले पानीको समस्या परेको क्षेत्र, वडा, टोल अनुगमन गरेर निःशुल्क पानी वितरणको व्यवस्था गर्न सक्नु पर्यो ।

मिसन ८४ भनेर नारा र वाणी तेस्र्याउँदै जनताहरूलाई अनेकौं आश्वासन बाँड्दै हिँड्ने दलहरूले स्थान विशेषको समस्यामा केन्द्रित नभैकन ८४मा बहुमत बनाउने भनेर कुन आधार खडा गर्न खोजेका हुन् ? बुझ्न कठिन भएको छ ।

यति बेला नेपाल सरकारको खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षाति पुगेको मेलम्ची आयोजनाको मुहान लगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् । त्यो अनुगमनले के सन्देश दिन खोजेका हुन् बुद्धिजीवीहरू टाउको कन्याउन थालेका छन् ।

मेलम्चीको खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडोभन्दाचाँडो पानी पुर्याउनुपर्छ है भन्दै निर्देशन दिंदै हिँडेका दृश्यलाई बेनामे पत्रकारहरूले तस्बिर लिंदै समाचार त बनाए तर कहिले सम्म भन्ने उत्सुकतापूर्वक प्रश्न सोध्ने कमै देखिए । मन्त्री यादवले निर्देशन दिए पनि बाढीले मुहान लगायत अधिकांश क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौंमा पानी आउँछ भन्ने यकीन समय भन्न नसकिने अवस्थामा रहेको कुरा अमूक प्राविधिज्ञमा शंका ताजा छ ।

मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै शनिबार पनि त्यतै मेलम्चीमै बास बस्ने खबर त आएको छ । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झार्नुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यावसायीसँग छलफलमा जुटेका उनको सचिवालयका टङ्क धमलाले सोधनीकर्तालाई बताए ।

उनले यसो भनेका छन्, ‘मेलम्चीको पानी काठमाडौँ पुर्याउने विषयमा मन्त्री यादव लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौँ पुग्छ ।’ टंक धमलाले भनेको भनाईले कर्ण संतुष्टि मिलेको छ ।

निर्माण व्यावसायीको ढिलाई र बाढीले आयोजना संरचनामा क्षति पुर्याएकाले पानी काठमाडौँ पठाउनका लागि केही ढिलाई भएको मन्त्री यादवले अघिपछि लाग्नेकै भाषामा बताए । ‘यदि ठेकेदारले काम गर्न आलटाल गरेमा वा गर्दै नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाडौँ पुर्याउने हाम्रो लक्ष्य हो’, उनले उपस्थित दीर्घालाई आश्वस्त पार्दै भने ।

मेलम्ची खानेपानीको मुहान स्थल हेलम्बु अम्बाथान लगायतको क्षेत्रको स्थलगत अनुगमन पछि मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि काठमाडौँ पानी पठाउनका लागि तीव्रगतिमा काम सुरु भएको बताएका छन् । उनले पूर्ण भरोसाका साथ भने, ‘मुहानमा बाढीलगायत विभिन्न समस्याका बाबजुद पनि अहिले काम सन्तोष जनक हिसाबले भइरहेको छ ।’

बाढीका कारण मेलम्चीका ७ नम्बर गेट, ९ नम्बर गेड, १९ नम्बर गेट र २१ नम्बर गेटमा क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनाको कार्यालयले जनाएको छ । पानीको मुहानमा क्षति पुर्याएका संरचना निर्माणदेखि मर्मत गरेर पानी काठमाडौँमा पठाउनुपर्ने अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इजिनियर पदमबहादुर कुवँरले बताएका छन् ।

उनले संभावित तर्क राख्दै भने कि, ‘यति दिनमा पानी काठमाडौँ पुग्छ भन्न सक्ने अवस्था छैन, काम तीब्र गतिमा सुरु भएको छ, पानी काठमाडौँमा महिना दिनमा पुर्याउने आशा गरेका छौँ ’। प्राविधिक र अन्य समस्या भएकाले यतिदिन भित्र पानी पुग्छ भन्न सकिने अवस्था नभएको र अन्य समस्या र अवरोध नआए एक महिनामा पानी काठमाडौँ पुग्ने उनको भनाइ छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौँमा पानी पठाउनका लागि स्थानीय सरकारकातर्फबाट पूर्णरुपमा सहयोग भइरहेको बताए । उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पठाउनका लागि स्थानीय सरकार र जनता पूर्ण रूपमा सहयोग गरिरहेका छन्, हाम्रा पनि केही माग भएकाले पटकपटक प्रधानमन्त्री तथा अन्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छौँ, ती मागहरूको सम्बोधन हुनुपर्छ ।’

निकै लामो समयदेखि प्रतीक्षारत काठमाडौंका बासिन्दाको काकाकुलमय भावनालाई बुझेर यथाशीघ्र निर्माण सम्पन्न होस् हाम्रो शुभकामना

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!