१६ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकास्थित लाप्राक गाउँको नयाँ बस्ती “गुप्सी पाखा” यतिबेला पर्यटकीय गन्तव्यको रूपमा विकास भैरहेको छ।
२०७२ को महाभूकम्पपश्चात गैरआवासीय नेपाली संघ (एनआरएन) ले भूकम्पले ध्वस्त बनेको गाउँ लाप्राकको निम्ति बनेको उक्त नमूना एकीकृत बस्ती हिजोआज पर्यटकीय गन्तव्यको रूपमा विकास भएको हो।
पहिरो र भूकम्पले पुरानो लाप्राक गाउँलाई क्षति गरेपछि गाउँ सार्नको निमित्त यहाँ नमूना बस्तीको निर्माण गरिएको हो तर यहाँ पूर्ण रूपमा बसोबास हुन सकेको छैन। हिजोआज आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ ।