Search

शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम गरेको छ : केपि ओली, एमाले अध्यक्ष

शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम गरेको छ : केपि ओली, एमाले अध्यक्ष

१४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल, निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरू सल्बलाउन थालेको बताएका छन् ।​ बिहीबार बैतडीको गोठलापानी आयोजित महाकाली–मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको जिकिर गरे । उनले गणतन्त्रको विरोध गर्ने दुःसाहसी काम भइरहेको बताए । उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिब हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!