१४ मंसिर, बाँपीझ्याला, काठमाण्डौं । दोलखामा ३८ सय ४१ मिटर उचाई कालिञ्चोकदेखि ८ सय ६० मिटर उचाईको नागदहसम्मको २६ किलोमिटर डाउन हिल एलिट क्याटगरीको उपाधि केलियनले ५१ दशमलब ०६ मिनेटमा पारे गरेर उपाधि जितेका हुन् । मंगलबार सम्पन्न उक्त खेलमा उपाधिसँगै उनले १ हजार ५ सय अमेरिकी डलर प्राप्त गरे ।
पर्यटन बोर्ड, भीमेश्वर नगरपालिका र यति ओरिजिन्सको संयुक्त आयोजना भएको प्रतियोगितामा एलिट विधामा नेपालसहित १७ देशका ९० साइकिलिस्टहरुको सहभागिता रहेको थियो ।
सोही दूरी नेपालका राजेश मगरले ५३ दशमल ४१ मिनेटमा पार गरेर उपविजेता बने । उनले एक हजार अमेरिकी डलर प्राप्त गरे । यस्तै बेलायतका क्रिस्टोफर केलिगले ५४ दशमलव २१ मिनेटमा दूरी पार गरेर तेस्रो स्थान रहे । उनले अमेरिकी ८ सय डलर प्राप्त गरे ।
खुला तर्फको उपाधि नेपालका अरुण कार्कीले जिते । उनले ६ सय अमेरिकी डलर प्राप्त गरे । उपविजेता बनेका नेपालकै निकल थिङले ५ सय ५० र तेस्रो बनेका दिनेश महर्जनले ३ सय ५० अमेरिकी डलर पाए । जुनियर तर्फको उपाधि पनि नेपालकै अनिश तामाङले जिते । प्रतियोगिताको महिला लक्ष्मी मगर बनिन् ।