Search

लघुकथा : सजायँ

लघुकथा : सजायँ

अमरकुमार प्रधान
प्रहरीले एकजना युवक र एउटी युवती लिएर आयो र भन्यो साहेब यिनीहरु बसमा झगडा गरिरहेका थिए । इन्स्पेक्टरले सोध्यो के हो मामिला ? युवति तरुनी थिई स्मार्ट देखिन्थी । युवक अधबैैसे थियो र गम्भीर देखिन्थ्यो । हवलदारले बतायो युवक सज्जनले युवति अर्चनाको सम्वेदनशील अङ्गमा छोयो ।

सज्जन भन्दै थियो, तिन्ले मेरो गर्दनको सीक्रि छीनालेर लुट्न खोजिन्, मैले जोगाए । उसको हातमा छिनालिएको एक तोला जति सुनको सिक्री थियो । अर्चना कराइन् : म चिच्याए पछि यसले सिक्री आफैले छीनालेको हो । इन्स्पेक्टरले सोध्योः देख्ने कोही थिएन ? प्रहरी हवल्दारले भन्योः त्यस्तो त कोही पाइएन तर बसभित्रको सिसि टिभी क्यामराको फुटेज ल्याएको छु । फुटेजमा हेर्दा दुबैको भनाइ ठीक देखियो ।

अर्चनाले सिक्रीमा हात पु¥याउँदा सज्जनले तिन्को बक्षस्थलमा हात घुमाइ रहेको देखियो । इन्स्पेक्टरले भन्योः तपाईँहरु दुबै जना सजायँको भागी हुनु हुन्छ, एक जना महिला हिँसामा र अर्र्की सिक्री चोर्नेमा । दुबैलाइ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लगियो । दुबैैले यो पहिलो दुर्घटना भएको स्वीकार गरे ।

प्रमुख जिल्ला अधिकारीले यो मुद्दालाई फेसबुकमा अभिलेख गर्न लगायो । सज्जन बिष्ट र अर्चना तमाङ दुबैले सजायँ चर्को भए पनि सकारेर निस्के ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!