११ मंसिर, काठमाण्डौं । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ निवासी भक्त चन्द्र श्रेष्ठको धर्मपत्नी मिश्री लक्ष्मी श्रेष्ठको ८७ बर्षको उमेरमा आज विहान ४ बजे आफ्नै निवास महालक्ष्मी नगरपालीका वडा नं. ४ भक्तपुर चाँगाथलीमा निधन भएको छ । मिश्रीलक्ष्मी श्रेष्ठ लामो समयदेखि दमको रोगबाट पिडित हुनु हुन्थ्यौ ।
दुई छोराहरु रजिष्ट्रार लेखा परिक्षक उदय चन्द्र श्रेष्ठ, बाँपीझ्याला डटकमका कानूनी सल्लाहकार एवं युवा समाजसेवी अधिवक्ता होम चन्द्र श्रेष्ठ र ४ छोरीहरु कृष्ण लक्ष्मी श्रेष्ठ, विजया लक्ष्मी श्रेष्ठ, गंगा जमुना र नाती नातीनीहरु रहेका छन् । यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक सम्वेदना व्यक्त गर्दछौं ।
दिवंगत आत्माको पार्थिव शरिरलाई आज दिउँसो करीब १ बजे दाह्संस्कार सम्पन्न गरिएको छ । यसै गरी क्रियापुत्री क्रिया बस्नको लागि जेष्ठ छोराको निवास महालक्ष्मी न.पा.–४, ललितपुर, चाँगाथली स्थित बस्ने पारिवारीक श्रोतबाट थाहा भएको छ ।