१० मंसिर, बाँपिझ्याला, काठमाडौं । प्रजातन्त्रवादी कम्युनिष्टका संस्थापन पक्षधर मध्येका एक प्रभावशाली नेता दिवंगत नरबहादुर कर्माचार्यको स्मृतिमा स्थापना गरिएको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको काठमाडौं जिल्ला समितिको पहिलो बैठक समसामयिक राजनैतिक परिदृश्यमा रहेर नयाँ चरणका लागि गरिनुपर्ने मूल कुरालाई अगाडि सारेर अन्र्तक्रिया कार्य सहित शनिवार सम्पन्न भएको छ ।
काठमाडौंको सोल्टीमोड नजिकै रहेको एभरेष्ट कलेजको सभा कक्षमा भएको सो भेला कार्यवाहक अध्यक्ष भोलानाथ महर्जनको सभापतित्वमा भएको थियो । उक्त भेलामा प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री एवम् नेकपा माओवादीका प्रभावशाली नेता गिरिराजमणि पोखरेल रहेका थिए । यसै गरी विशेष अतिथिमा केन्द्रीय महासचिव प्रल्हाद बुढाथोकी, केन्द्रीय सदस्य अन्जना विशंखे रहेका थिए भने अतिथि वर्गमा रमेश मैनाली सहित सो प्रतिष्ठानसंग सम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेका थियो ।
वार्षिक कार्य गतिविधि कार्यवाहक अध्यक्ष भोलानाथ महर्जनले प्रस्तुत गरेका थिए भने कार्यनीतिको आर्थिक सम्बन्धी विवरण कोषाध्यक्ष वीरप्रसाद भन्सारीले राखेका थिए । त्यसैगरी नेता नरबहादुर कर्माचार्यले ल्याएका कम्युनिष्ट विचारका अवधारणा उनका सैद्धान्तिक पद्धतिबारे केन्द्रीय महासचिव प्रल्हाद बुढाथोकीले प्रस्तुत गरेका थिए । त्यसै गरी केन्द्रीय सदस्य अन्जना विशंखेले कर्माचार्यको कम्युनिष्टप्रतिको आस्थालाई चर्चामात्र गरेर नपुग्ने उनले देखाएको मार्गलाई सकारात्मक ढंगले यथार्थपरक विचारलाई आत्मसात् गरेर समाज र समुदायमा परेको आवश्यकतालाई चिन्तन र मनन गर्न आवश्यक रहेको बताइन् ।
प्रमुख अतिथि पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले उपस्थित वर्गलाई प्रशिक्षणको शैलीमा नरबहाद्र कर्माचार्यका तर्पmबाट समुदाय, समाज र राष्ट्रको लागि जे जति योगदान भएको छ । त्यसलाई पूरा गर्न धेरै नै बाँकी रहेको बताउँदै जनताको बीचमा सकारात्मक सन्देश पैmल्याउन आन्तरिक गृहकार्य नगरी एकैपटक बाहिर उभिन खोज्नु उपयुक्त नहसने बताए । साथै पोखरेलले कुनैपनि कार्य प्रगतिलाई प्रकृयागत अगाडि बढाएन भने कुनै पनि संघ, संस्था, संगठन र मोर्चाले नयाँ मोड लिन सक्दैनन् र प्रगति वृद्धि गर्न असम्भव हुन्छ ।
त्यसैले भित्र एक ढिका हुन जरुरी रहेको धारणा नरबहादुर कर्माचार्यमा रहेको बताए । नरबहादुर कर्माचार्यले किन कम्युनिष्ट पार्टी नै रोजे ? किन विविध कालखण्डमा प्रजातन्त्र बिना देशमा शान्ति र अमन चैन सम्भव छैन भनेर लागे । यी कुरालाई अर्थात नरबहादुरको विचार शक्तिलाई मनन गरेर यो प्रतिष्ठानले कस्तो अभियान चलाउँदा समाज र देशका लागि उपयुक्त होला भन्ने बारे विशेष तर्कहरू प्रस्तुत गरेका थिए । आजको कार्यक्रम सोही प्रतिष्ठानका केसी राजन गौतमले गरेका थिए । प्रमुख अतिथि लगायत अतिथि वर्गलाई स्वागत सम्मान सदस्यद्वय कल्पना श्रेष्ठ महर्जन र कविता बस्नेत श्रेष्ठले गरेका थिए ।
अलिकति नरबहादुर कर्माचार्यलाई फर्केर हेर्दा :
नरबहादुर कर्माचार्य वि.सं. २००५ सालदेखि प्रजातन्त्र संघमा संलग्न भएर राणा विरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय थिए । त्यही क्रममा उनी जेल पर्नुका साथै निर्वासनमा समेत जानुपरेको थियो । उनले त्यतिबेला राष्ट्रिय कांग्रेसका नेताहरूलाई मिलाउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही नहुने रहेछ भन्ने निष्कर्षमा पुगेर अर्को क्रान्तिकारी पार्टी निर्माणमा लागेका कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित थिए ।
वि.सं. २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने तीन हस्तीमध्ये नरबहादुर कर्माचार्य पनि एक थिए । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी र निरञ्जन गोविन्द वैद्य र कर्माचार्य मिलेर भारतको कलकत्तामा अवस्थित बडाबजारमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
कम्युनिष्ट पार्टीको गठन पश्चात उनी मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष थिए । उहाँ पार्टीले सञ्चालन गरेका विभिन्न राजनीतिक आन्दोलनहरूमा सक्रियतापूर्वक लाग्दै २०१६ सालमा तत्कालिन ललितपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी वि.सं. २०१९ सालमा तेस्रो महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भए थिए ।
पार्टी फुट र विभाजनको शृङ्खला सुरु भएपछि उनी लगायत केही साथीहरू स्वतन्त्र भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुनथाले । उनले विभाजित समूहहरूलाई एकीकृत बनाउन निरन्तर पहल र प्रयत्न गरे । यही क्रममा चौथो महाधिवेशनमा एकताबद्ध भएर केन्द्रीय सदस्य पनि भए नेकपा एकता केन्द्र निर्माण हुँदा उनी एकता केन्द्र तदर्थ समितिको अध्यक्ष समेत भए । जीवनको अन्तिम समयमा एकीकृत नेकपा माओवादीको संरक्षक भएका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय भईनै रहे । र उनी जीवनभर अविवाहित रहे ।
नरबहादुर कर्माचार्यको निधन ८९ वर्षको उमेरमा वि.स.ं २०७० साल साउन ९ गते बुधबार काठमाडौंको मोडल अस्पतालमा भएको हो । उनको निधन जण्डिस र निमोनियाका कारण भएको थियो । कर्माचार्यप्रति हार्दिक श्रद्धासुमन सहित उनका स्मृतिमा सञ्चालित प्रतिष्ठानले सही गति लिएर उनका सपना पूरा गर्न मद्दत पुर्याओस् ।